इटहरी । सुनसरीको इटहरी उपमहानगर पालिकामा महिलाहरु द्धारा संचालित महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको बीसौ बार्षिकोत्सवसँगै अन्य विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
सहकारी आन्दोलनसँगै महिलाहरुको आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २० औं बार्षिकोत्सव मनाई रहँदा शेयर सदस्यको माझमा ३३ करोड बढिको कारोवार गर्न सफल भई सकेको छ ।
साँसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको महिला बचत तथा ऋण सहकारीको बार्षिकोत्सव समारोहमा हरेक बर्ष सञ्चारकर्मीलाई पुरस्कृत गर्ने क्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष तथा नागरिककर्मी अमर खड्कालाई ५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
सोही अवसरमा शेयर सदस्यका स्नाकोत्तर, स्नातक र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याई उतीर्ण गर्ने विद्यार्थी तथा सहकारीका सफल सञ्चालकहरु बिमला सेने, पद्मादेवी पन्धाक लगायत अन्य बार्षिक गतिविधिमा उत्कष्ठ कार्य गर्नेहरुलाई समेत सम्मान गरिएको छ ।
महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष शिवराज श्रेष्ठ, बिमला सेने, सहकारी अभियन्ताहरु नारायण श्रेष्ठ, किशोर भण्डारी, काशीराज दङ्गाल, मीनु न्यौपाने लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विविध साङ्गीतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया