• बिकल रेग्मी
    इटहरी । इटहरी उपमहानगरपालिकाले व्यवस्थित रुपमा मासु काट्ने ठाँउको व्यवस्था नगरिएको कारण खुल्ला ठाउँमै मासु पसल सञ्चालन गर्न बाध्य हुनु परेको व्यवसायीहरुले गुनासो गरेका छन ।
    खुल्ला ठाँउमा मासु पसल सञ्चालन गर्नु पर्दा आफुहरुले व्यवस्थित वनाउन नपाएको समेत इटहरी क्षेत्रमा मासु पसल सञ्चालन गर्नेहरुले गुनासो गरेका हुन । उपमहानगरपालिकाले स्थायी रुपमा मासु पसल सञ्चालनका लागि ठाँउ नदिएको कारण खुल्ला ठाँउमै पसल राख्नु परेको कारण झिगाँ भन्कने गरेको व्यवसायी स्वयम वताउछन । उनीहरु नगरपालिकाले सरसफाईका लागि भन्दै प्रति पसल महिनाको पाँच सयको दरले सुल्क लिने गरेपनि समयमै फोहोर नफ्याकिदिने गरेको कारण दुर्गन्ध फैलने गरेको समेत मासु व्यापारीहरुको गुनासो रहेको छ । इटहरी वुधवारे हाट नजिक खुल्ला ठाँउमा मासु पसल सञ्चालन गर्दै आएका कृष्णवहादुर तामागं स्थानीयले मासुपसलका कारण दुर्गन्ध फैलिएको भन्दै मासु पसल हटाउनु पर्ने भन्दै समय समयमा विरोध जनाउने गरेको वताउछन । नगरपालिकाले समयमा फोहोर मैला फ्याकि दिदैन स्थानीयहरु ऋाफुहरुसंग खनिन्छन कृष्णबहादुरका साथै अन्य मासु व्यापारीहरु गुनासो गर्दछन ।
    मासु पसल सञ्चालनका लागि नगरपालिकाले स्थायी ठाँउ उपलव्ध समेत नगराएका कारण खुल्ला ठाँउमा काटमार देखि मासु विक्री समेत गर्नु परेकाले पनि व्यवस्थित गर्न नसकेको व्यापारीहरु वताउछन । खुल्ला ठाँउमा पसल सञ्चालन गर्नु परेकाले फ्रिज समेत राख्ने नपाएकाले व्यापारीहरुको भनाइ रहेको छ । खुल्ला ठाउँ तथा टेग्रां खोलाको किनारामा सञ्चालनमा रहेका मासु पसलहरुमा माउरी झै झिगां भन्कीएको देखिन्छ । मासु पसलहरु अव्यवस्थित भएको भन्दै केही वर्ष अघि व्यवस्थित रुपमा मासु पसल सञ्चालनका लागि इटहरीको बुधवारे हाट क्षेत्रमा पशुबधशाला सहितको मासु पसल सञ्चालन ल्याउने तयारी गरियो । स्वस्थकर मासुको विक्रि वितरणका लागी ट्रिटमेन्ट प्लान्ट, बधशालाबाट निस्कीने फोहोर तथा रगतको प्रशोधन तथा व्यवस्थापनका लागी वायोग्यास प्लान्ट र बधशालामा रहेको शौचालयमा सेफ्टी ट्याङ्की निर्माण सहित योजना वनाइयो तर निर्माण गर्दा बधशाला र मासु पसल सञ्चालनका लागि समेत उपयुक्त नवनाएको कारण अहिले सोही सटर पछाडि खुल्ला ठाँउमा मासुपसल सञ्चालनमा रहेका छन । योजना अनुसार निर्माण हुन नसकेको भएपनि निर्माण भएका सटरहरुमा केही महिना सम्म नगरपालिकाले प्रति पसल मासिक ७ हजार ५ सय रुपौयाका दरले भाडा लिएर सञ्चालन गर्न दिए पनि पुनः भाडा सटर नदिएको व्यापारीहरुले वताए । इटहरी उपमहानगरपालिका प्रदेश नम्वर १को राजधानीको दावी गरि रहेपनि यहाँ सञ्चालन भईरहेका अधिकाँस मासुपसलहरु दुर्गन्धीत र अस्वास्थ्यकर मासु बिक्री गरिरहेका छन ।

तपाईको प्रतिक्रिया