इटहरी, २० असोज । नेकपा एमाले सचिव तथा १ नम्वर प्रदेशका इन्चार्ज भीम आचार्यले अहिले मुलुकमा समृद्धिको पक्षधर र नक्कली राष्ट्रवादको नारा उराल्ने राजनीतिक शक्तिबीध ध्रुबिकृत बनिरहेको बताउनु भएको छ ।
संविधान बनाएर बाटोमा आउँदा आउँदै शंसोधनको नारा लगाउने र विदेशी नागरिकता बोकेका हरुको इशारामा मधेश आन्दोलन गर्नेहरुको पक्षमा बोल्ने नेपाली काङ्ग्रेसबाट मुलुक माथि थपिदै गएको सङ्कटको कालो बादल नफाट्ने देखिएर नै अहिले बाम एकताले मिलन बिन्दु पहिल्याउनु परेको पनि सचिव आचार्यले स्पष्ट पार्नुभयो ।
सचिव आचार्यले आज नेकपा एमाले इटहरी नगर कमिटिले खनार चोकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदा उक्त कुरा बोल्नुहुँदै सोही क्रममा राप्रपा सुनसरीका नेता रोहितबहादुर कार्कीको नेकपा एमाले प्रवेश त्यसैको एउटा गतिलो उदाहरण भएको कुरामा पनि उहाँले जोड दिनुभयो ।
राष्ट्रबादी शक्तिहरुबीचको सहकार्य अपरिहार्य देखिएकैले अहिले देश नेकपा एमाले नेतृत्वमा बामपन्थी शक्तिहरु एकिकृत बनिरहेको पनि सचिव आचार्यको भनाई रहेको थियो । उहाँले देश बनाउने साझा अभियानमा बामपन्थी चिन्तनसँगै अन्य शक्तिहरु पनि धमाधम एक हुने अभियान अघि बढिरहेको कुरामा आचार्यले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया