इटहरी । बेलायतमा रहेका डाक्टरहरुको समुहले नेपालका स्वास्थ्यकर्मीहरुलाई क्षमता विकासका लागि निःशुल्क कार्यशाला र तालिम दिने भएका छन् ।
इटहरी र पूर्व क्षेत्रमा रहेका ४० जना स्वास्थ्यकर्मीहरुलाई एक वर्षे निःशुल्क तालिम दिने भएका हुन् । यसका लागि पहिलो चरणमा ७० जना स्वास्थ्यकर्मीहरुलाई तीन दिन कार्यशाला गरिने भएको छ । उक्त कार्यशाला समेत निःशुल्क हुनेछ । कार्यशाला आगामी कात्र्तिक १७ देखि १९ गतेसम्म चल्ने जानकारी शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
बेलायतमा रहेको ‘इन्टरनेशनल सेन्टर फर इमर्जेन्सी मेडिसिन’, ‘इन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसिप’का डाक्टरहरुले कार्यशाला र तालिम गराउने भएका हुन् ।
रिमोर्ट इमर्जेन्सी एण्ड प्राइमरी केयर सर्भिस इन नेपाल (च्भ्एक्क्ष्ल्) नामक कार्यशालामा सहभागि मध्येबाट छानिएका ४० जनालाई एक वर्षे तालिम दिइने इमर्जेन्सी मेडिसिनका डाक्टर प्रकाश रिजालले बताए ।
उनले आफूहरु नेपालको स्वास्थ्य क्षेत्रको सुधारको लागि लागिपरेको बताउँदै बेला बेलामा यस्ता कार्यशाला गर्ने गरेको बताए । यो पटकको तालिम आकस्मिक स्वास्थ्य सम्बन्धि रहेको र नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको जानकारी दिए ।
तालिमको लागि स्थानिय स्तरमा आयोजनाको काम भने संगीत साधना प्रतिष्ठान इटहरी, रेडक्रस इटहरी, प्राथमिक स्वास्थ्य केन्द्र इटहरीले गर्ने छ । प्रतिष्ठानका महासचीव राजु केसीले तालिमले इटहरीको स्वास्थ्य क्षेत्रको सुधार गर्ने आशा लिएको बताए ।
उनले कार्यशालामा सहभागि हुने स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र धारणाको विकास हुने बताए । ‘त्यसैले आफ्नो काममा कटिबद्ध स्वास्थ्यकर्मीहरुर्लाइ प्राथमिकताका साथ कार्यशाला र तालिममा सहभागि गराउने लक्ष्य लिएका छौं,’ उनले भने ।
कार्यशाला इटहरीस्थित संगीत साधना प्रतिष्ठानको भवनमा सञ्चालन हुनेछ । कार्यशालामा सहभागि हुन चाहनेहरुले प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा सम्पर्क गरी नाम दर्ता गर्न समेत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया