इटहरी । चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने भएको कारण रगत चाहिने विरामीहरुलाई उपचारमा समस्या नहोस भनेर सावित्री गोपाल स्मृति ट्ष्ट इनरुवाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछिमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना महिला तथा पुरुषहरुले रक्तदान गरेका छन । चाडपर्वको समयमा रक्तदान कार्यक्रम कम हुने गरेको जानकारीका आधारमा ट्ष्टले चाडपर्वकै समय पारेर रक्तदान कार्यक्रम आयोजना गरेको ट्ष्टका अध्यक्ष रोशन भट्टराईले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरीहरुले समेत रक्तदान गरेको भट्टराईले बताए । सो रक्तदानमा नेपाली सेनाका चार जना र सशस्त्र प्रहरीका १२ जनाले रक्तदान गरेको बताइएको छ ।

सावित्री गोपाल स्मृति ट्ष्टले समय समयमा विपन्नहरुलाई जाडोको कपडा वितरण, रक्तदानका साथै वार्षिक रुपमा विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया