इटहरी, । इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढी पीडित बालबालिकाहरुलाई दशै लक्षित गरेर इटहरी हङकङ मञ्चले आज त्यहाँका एक सय बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ ।इटहरी उपमहानगरको पूर्वी सिमामा पर्ने बुढी गङ्गा नदीमा आएको बाढीले घरबार समेत गुमाई घरमा भएका लत्ताकपडा एवम भाडा बर्तन र खाद्यान्न समेत गुमाउन पुगेका परिवारका बालबच्चाका लागि शरीर छोप्ने कपडा अपरिहार्य देखेर आफुहरुले नयाँ कपडा दिएको मञ्चका सचिव तुलसी उप्रेतीले बताउनुभयो ।इटहरी हङकङ मञ्चले बाढी पीडित बालबालिकाहअरुका लागि एक लाख रुपियाँबराबरको ेनयाँ लत्ताकपडा उपलब्ध गरेको पनि सचिव उप्रेतीले जानकारी दिनुहुँदै मञ्चले बालबालिकाहरुको शिक्षाका लागि सेड्स संस्था मार्फत छात्रबृत्ती रकम उपलब्ध गराउन ३ लाख रुपियाँको अक्षय कोष समेत स्थापनाको घोषणा गरेको बताउनुभयो ।बाढी पीडित बालबालिकाहरुलाई लत्ताकपडा वितरण कार्यक्रममा प्याप्सन सुनसरी अध्यक्ष सुमित थापा, उद्योग बाणिज्य सङ्घ इटहरीका सदस्य अनिल सुब्बा राजु केसी लगायतको पनि सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता आकास हाङ्ग सुब्बाले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया