इटहरी । नेपालीहरुको महान चाढ दशैको समयमा पनि सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु भने काममा व्यस्त देखिन्छन ।
समाचार र सुचनाका क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु आफनो जिम्मेवारी पुरा गर्न काममा खटिएका हुन । समाचार र सुचना समाग्राीहरु प्रकासन प्रशारण गर्ने सञ्चार माध्यमहरु चाढपर्वको समयमा पनि सञ्चालन हुने भएकाले सञ्चारकर्मीहरु काममा व्यस्त भएका हुन । सुचनाका क्षेत्रमा का

म गर्नेहरु सञ्चारकर्मीहरु जनतालाई दशैको समयमा समेत समाचारजन्य सुचनाहरु प्रस्तुत गर्न कार्यक्षेत्रमा व्यस्त हुने गरेका छन । चाडपर्वको समयमा समेत जनमानसमा सुचना सम्प्रेसण गर्न खटिएका सञ्चारकर्मीहरु आफुहरु आलोपालो गरी विदा वस्ने गरेको वताउछन । खास गरी छापा माध्यमहरुले दुई तिन प्रकासन बन्द गर्ने गरेपनि विद्युतिय सञ्चार माध्यम टेलिभिजन ,रेडियो अनलाईन जस्ता सञ्चार माध्यमहरु भने सञ्चालन भई रहेने गरेका छन । पुर्वी नेपालका सञ्चारकर्मीहरु पनि आफनो जिम्मेवारी पुरा गर्न दशैकै समयमा पनि कार्यक्षेत्र व्यस्त देखिन्छन । खास गरी टेलिभिजन , रेडियो,एफएम र अनलाईमा कार्यरत रहेका छन । कार्यक्षेत्रमा रहेका सञ्चारकर्मीहरु दशै जस्तो महान चार्डको समयमा आलोपालो गरी विदा वसी चाडपर्व मनाउने गरेको सुनाउछन ।

तपाईको प्रतिक्रिया