बेलबारी । मोरङको बेलबारी १ नक्सालबारीकी एकल तथा असाहय महिला बिष्णुमाया खड्कालाई बेलबारी जेसिजले घर निर्माण गरी हस्तान्तरण गरेको छ । गत साउन २५ गते आएको अबिरल बर्षाले उनले टाऊको लुकाउने छाप्रो समेत भत्काईदिएपछि बिक्षिप्त बनेकी उनको पिडामा मल्हम लगाऊन बेलबारी जेसिज र स्थानीय नक्सालबारी युवा समुह अघि सर्यो । घर भत्किएको केही सातामै खडकाको घर शिलान्यास गरी जनश्रमदान शुरु गरेका उनीहरुले एक कार्यक्रमका बिच बुधबार जेसिजका केन्द्रिय अध्यक्ष प्रकाश अधिकारीले चिटिक्क परेको घरको साँचो उनलाई हस्तान्तरण गरेका छन । उनका १० बर्षीय छोरा शिव खडकाले कक्षा १० सम्म निशुल्क अध्यायन गर्न पाउने भएका छन । जसका लागी बेलबारी १ मा रहेको माईलस्टोन इङिलस स्कुलमा सो बिद्यालयका प्रिन्सिपल जेसी दिपेन्द्र खुलालले निशुल्क अध्यापन गराईदिने भएका छन कार्यक्रमकै अबसरमा केन्द्रिय अध्यक्ष अधिकारीले पिडित खडकालाई नगद १० हजार प्रदान गर्ने घोषणा गरेका छन । आर्थिक अबस्था कमजोर भएका कारण भत्किएको घर ठड्याउन समेत उनलाई धौ धौ परेपछि उनी आफन्तको शरणमा थिइन । तत्कालै नक्सालबारी युवा समुह र बेलबारी जेसिजको अगुवाईमा उनको भत्किएको घरको शिलान्यास गरी घर निर्माण थालेको थियो । असाहय तथा एकल महिला ५२ बर्षीया खडकाको यो पिडामा मल्हम लगाउन अस्थायी घर निर्माणका लागी युवा समुह र जेसिजले जनश्रमदानमा घर निर्माण गरे । जेसिज सप्ताहको अबसरमा पिडित बृद्धाको घर निर्माण थालेको र सो काम पुरा गरी घर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बेलबारी जेसिजका अध्यक्ष माधवराज थापाले बताए ।

 

तपाईको प्रतिक्रिया