इटहरी । हरेक वर्ष झै वडादशै अन्र्तगत सप्तमीका दिन आज सुनसरीको इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा धुमधामका साथ फुलपाती भित्रयाइएको छ । पुर्वाञ्चलकै केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा विगत १८ वर्ष देखि सामुहिक दुर्गा पुजा गरिदै आएको छ । सामुहिक रुपमा पुजा गर्न वनाइएको मठमा हरेक वर्ष विधिवत रुपमा वडादशैको सप्तमीका दिन फुलपाती भित्रयाउने गरीन्छ । सामुहिक रुपमा वनाइएको दशै घरमा सत्र्सग भवनवाट फुलपाती सहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा , लगायतका नाचगान सहितको टोली दुर्गा पुजा स्थल पुगेर फुलपाती भित्रयाएको हो ।
इटहरी उपमहानगरपालीकको प्रमुख द्रारीकलाल चौधरी,साँसद रेवती रमण भण्डारीले दुर्गा भगवतीको पूजापाठ अर्चना गरेर उद्घाटन गरे ।
सावर्जनिक स्थलमा वनाइएको दुर्गा भगवती माँताको मन्दिरको उद्घाटनपछि सर्वसाधारण भक्तजनहरुले पनि दुर्गा भगवती माँताको मन्दिरमा पूजा अर्चन गरि आफ्नो मनोकाङ्क्षा पुरा होस भन्ने कामना गरिरहेका छन । विहानै देखि सार्वजनिक स्थलमा वनाइएको दुर्गा भगवती मन्दिरमा पुजा अर्चनाका लागि सर्वसाधारणको भिड लागेको थियो । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु , अदुवा , वेलपत्र , दारिम, अशोक पत्र, फुल लगायतका फुलपाती भित्रयाइने परम्परा रहेको छ । वडा दशैं घटस्थापनाका दिन देखि सुरु भएर कोजागत्र पुर्णिमा सम्म चल्ने भएपनि विशेष दिनका रुपमा सप्तमीलाई पनि लिने गरिन्छ ।
शसस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ र साँसद रेवतीरमण भण्डारीले दुर्गा भगवतीको पूजापाठ अर्चना गरेर उद्घाटन गरे ।​

तपाईको प्रतिक्रिया