नेपाल जलस्रोतको दृष्टिकोणले विश्वको दोस्रो तथा एशियाको पहिलो धनी देश तर नेपालले जलसम्पदाको पुर्ण रुपमा सदुपयोग गर्न सकेको छैन । तर कहीले कही तिनै जलसम्पदाको कारण पुग्ने क्षतिको मात्र आकलन गर्दा समस्याका रुपमा मात्र हेर्नु पर्ने अवस्था नेपालीहरुमा रहेको छ ।

               कृष्ण भट्टराई जुनेल

सातवटा नदी मिलेर वनेको नेपाल भएर वग्ने सवै भन्दा ठुलो नदि सप्तकोशीको पनि सही रुपमा सदुपयोग गर्न नसकिएकाले कोशीले समय समयमा पुर्याउने क्षतिको मात्र आंकलन गरी नेपालको केही भाग र भारतको विहार लगायतका ठाँउहरुको पीडाको रुपमा हेर्ने गरीन्छ । देख्दा सामान्य रुपमा शान्त तवरले वगी रहेको जस्तो देखिने भएपनि नेपाल र भारत दुवै देशमा हरेक वर्ष क्षति पुर्याउने नदी भएको कारण समेत सप्तकोशी नेपाल र भारत दुवै देशको टाउको दुखाइको विषय समेत वन्ने गरेको छ । कोशीले पटक पटक वहाव परिर्वतन गरी नेपाल र भारतमा धनजनको क्षति पुर्याउदै आएको छ भने
कोशीले पुर्याएको क्षतिको क्षतिपुर्तिको विषय समेत दुवै देशका सरकारका लागि समेत समस्याको विषय वन्ने गरेको छ । कोशी नदीमा पानीको सतह
प्रयाप्त भएपनि त्यसलाई सदुपयोग गरेर प्रयोग गर्न नसकिएको कारण सम्भावना प्रचुर हुँदाहुँदै पनि यस क्षेत्रका मानिसहरु कोशीलाई पीडाका रुपमा मात्र हेर्न
वाध्य छन ।
मुलुकको आर्थिक तथा सामाजिक स्तरमा कायपलट गर्न सक्ने सम्भावना वोकेको कोशीलाई सही रुपमा सदुपयोग गरेर रोजगारीका लागि वातावरण वनाउन सके विदेशीने युवाहरुको ठुलो हिस्सले मुलुकमै रोजगारीको अवसर पाउने थिए । सिचांइ , विजुलीका साथै जल यात्राको प्रचुर सम्भावाना रहेको कोशीलाई सही रुपमा प्रयोगमा ल्याउन सके मुलुकको मुहार फेरिने थियो । तर विडम्वना कोशीलाई यहाका मानिसहरुले समस्याका रुपमा हेर्नु परिरहेको छ । कोशी नजिकैवाट वग्छ तर खेतीयोग्य यहाँका जमिनहरुमा सिचाइ हुन सक्दैन । वर्षाको समयमा कत्ति वेला कोशी वढेर तटवन्ध भत्काएर वस्तीमा पस्ने हो भनेर हरेक वर्ष यहाँका मानिसहरु त्रसीत वन्दै आएका छन ।
जलयात्राको समेत प्रचुर सम्भावना रहकेो कोशीले वहाव परिर्वतन गरि कोशीले २०६५ भाद्र २ गते सुनसरीको पश्चिमकुशाहवाट वहाव परिर्वतन गरि पुर्वी तटवन्ध भत्काएर पुर्व पश्चिम राजमार्गको केही भाग क्षति पुर्याएपछि कोशी पुर्व र पश्चिम जोड्ने माध्यम वन्यो जलयात्रा । त्यही समयमा कोशी वारीपारी गर्न सरकारी तथा निजी क्षेत्रवाट समेत कोशीमा डुगां देखि लिएर मोटरवोट समेत संचालनमा आए । कोशीमा मानिसहरुलाई वारपार गर्न ल्याइएका मोटरवोटहरु पछि सुनसरीको चतरा देखि भोजपुर सम्म संचालनमा समेत ल्याइयो निजी क्षेत्रवाट । कोशीमा मोटरवोट संचालनमा आउन थालेपछि कोशीमा जलयात्राको सभ्वाना समेत देखिएको छ ।
कोशीमा जलयात्रा संचालनमा ल्याउन सके पहाडी क्षेत्रका मानिसहरुको यात्रा सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत सहयोग पुग्ने छ ।
कोशी भएर पुर्वका भोजपुर र खोटागं सम्म जलयात्राको लागि मोटरवोट संचालन गर्न सके यात्राका लागि समय तथा खर्च पनि घट्ने थियो । यातायातको सहज पहुच नभएका ठाँउहरुका मानिसहरु समेत सहज रुपमा तराईमा आफ्ना उत्पादनहरु पुर्याउन सक्ने छन भने तराईमा उत्पादीत सामानहरु समेत सहज रुपमा पहाड सम्म पुग्न सक्ने छन । यातायातको सुविधाको अभावमा आफना उत्पादनहरु वजार सम्म ल्याउन नसकिरहेकोमा सहज हुनुका साथै स्वास्थ्य उपचारका लागि समेत समयमै तराई सम्म आउन सकिन्छ । त्यसै गरी सप्तकोशी भएर खोटागं र भोजपुर सम्म जलयात्राको लागि मोटरवोटहरु संचालन गर्न सके पुर्वी नेपालका प्रसिद्ध धार्मीक स्थलहरु सम्म सहज रुपमा पुग्न सकीन्छ भने पहाडी क्षेत्र सम्मका प्राकृतिक मनोरम दृष्यहरु समेत अवलोकन गर्न सकिने थियो । 
नेपाल सरकारले समय समयमा पयटर्कहरु भित्र्याउन विभिन्न अभियानहरु संचालन गर्ने गरेपनि पर्यटकहरुको संख्या वढाउन सहयोग पुग्ने यस्ता योजनाहरु ल्याउन ध्यान दिएको देखिदैन । कोशी भएर जलयात्राको लागि मोटरवोट संचालन गर्न सके पुर्वका पशुपति भनेर चिनीने खोटागंको हलेसी , सुनसरीको वराहक्षेत्र , धनकुटाको छिन्तागं देवी जस्ता धार्मीक क्षेत्रहरुका साथै पुर्वको प्रमुख पर्यटकीय क्षेत्र कोशी टप्पुवन्य जन्तु आरक्ष सम्मको यात्रा सहज हुने थियो । सप्तकोशी भएर दुधकोशीको जलयात्रा गर्दै खोटागंको हलेसी महादेवको दशर्न पुजाआजा गरी त्यही दिन फर्कन तराईमा मानिसहरु सक्षम हुने छन भने सप्तकोशी हुदै अरुणवाट धनकुटा र भोजपुर सम्म पनि त्यसरी नै यात्रा गर्न सकिने छ । पुर्वी नेपालका धार्मीक महत्व वोक्ने सुनसरीको वराहक्षेत्र र खोटागंको हलेसी महादेवको दर्शन तथा पुजाआजा एकै दिनमा गर्न सकिन्छ । धार्मीक पर्यटनलाई प्राथमिकतामा राखेर पुर्वी नेपालको योजना वनाउने हो भने कोशीको जलमार्गको योजना प्राथमिकताका साथ अघि वढाउनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया