इटहरी । नेपालीहरुको महान चाड दशैको अवसर पारेर पुर्वको केन्द्रको रुपमा विकसीत वन्दै आएको इटहरीक्षेत्रमा व्यापक रुपमा सरसफाई अभियान सञ्चालन गरिएको छ ।
पुर्वमै पहिलो सरसफाई युक्त सहर घोषणा भई सकेको इटहरीमा चाडपर्वको अवसर पारेर विशेष सरसफाई अभियान सञ्चालन गरिएको हो । स्वच्छ र सफा नगर बनाउने अभियानमा जुटेका इटहरीहरु हातमा पञ्जा र सफाई सामाग्री बोकेर विहानै देखि नगर सफाईमा जुटेको देखिन्छ । इटहरी क्षेत्रलाई स्वच्छ सफा र हरित नगर बनाउन उपमहानगरपालिकाको सभामा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत सारग मिश्राले जानकारी दिए । उनले नगरक्षेत्रका फोहोर मैला व्यवस्थापन गर्ने कार्यलाई चुस्त र दुरुस्त वनाउने समेत वताए । त्यसै गरी इटहरी क्षेत्रमा रहको खोलाहरुको सफाई कार्य समेत अघि बढाउने जानकारी दिए । नगरपालिकाको समेत सक्रियतामा सञ्चालन भई रहेको सफाई अभियानमा नगरवासीको साथ र सहयोग रहेको वडा नम्वर ६का वडाध्यक्ष दिपक गौतमले बताए । नगरक्षेत्रको सफाई साथै हरित वनाउन लगाइका रुख विरुवाहरुको संरक्षणका लागि पनि सफाई अभियान प्रभावकारी भई रहेको वडाध्यक्ष गौतमले जानकारी दिए । इटहरी मुख्य बजार क्षेत्र तथा आसपासमा सरसफाई अभियान सञ्चालनमा इटहरी क्षेत्रमा कृयाशिल सामाजिक संस्था, उपमहाननगरपालिका, किप इटहरी क्लीन, उद्योग वाणिज्य संघ , लगायतमा आवद्ध विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरुको सहभागिता रहने गरेको छ ।

तपाईको प्रतिक्रिया