सुनसरी । सुनसरीको इटहरीलाई पुर्वकै शैक्षिक हवको रुपमा विकास गर्न यस क्षेत्रका सरोकारवाला सवैको ध्यान जानु पर्ने इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
निजी विद्यालय क्षेत्रीय समन्वय समिति इटहरीले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमका अधिकांस वक्ताहरुले इटहरीलाई पुर्वकै शैक्षिक हवका रुपमा विकास गर्न सकिने वताएका हुन ।
विकास क्रममा छोटो इतिहास बोकेको सहर भएपनि प्रदेश नम्वर १ को राजधानीका लागि सम्भावना बोकेको इटहरीमा पछिल्लो समयमा गुणस्तरिय शैक्षिक संस्थाहरु खुल्ने क्रम जारी रहेको एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगदिशप्रसाद ओलीले वताए । त्यसै गरी प्याव्सनका प्रदेश नम्वर १का प्राज्ञिक सल्लाहकार बेणु सिटौलाले पनि इटहरी शैक्षिक दृष्टिकोणले पुर्वकै आकर्षणको क्षेत्रको रुपमा अघि बढिरहेको वताए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पनि इटहरीलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न सकिने तथा त्यसका लागि उपमहानगरपालिकाले सकारात्मक सहयोग गर्न तयार रहेको वताए । निजी विद्यालय क्षेत्रीय समन्वय समिति इटहरीका अध्यक्ष सुवर्ण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वआर्दश कलेजका प्राचार्य गणेश दुलाल , आयोजक संस्थाका सहसचिव सुर्यमणी निरौला लगायतका बोलेका थिए ।

तपाईको प्रतिक्रिया