इटहरी । ३६औ अन्तराष्टिय शान्ति दिवसको अवसरका पारेर सुनसरी सदरमुकाम इनरुवामा समावेशी फुटवल प्रतिस्पर्धा गराइएको छ ।
सामाजिक लोकतान्त्रिक समावेशी कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि गर्दै आएका गैरसरकारी संस्थाहरुको समन्वयमा समावेशी फुटवल प्रतिस्पधा गरिएको हो ।
भोक्राहा ,नरसिंह र चादेवेला ,औरावनी टिमविच गराइएको प्रतिस्पर्धामा दुवै तर्फबाट दुइदुइ गोल भएको थियो । विभिन्न जातजातिको वसोवास रहेको स्थानहरुलाई छनोट गरी संयुक्त राष्ट् संघिय विकास कार्यक्रमको सहयोगमा सामाजिक सद्भावका लागि कार्यक्रम गर्दै आएका संस्थाहरुले मैत्रीपुर्ण प्रतियोगिता आयोजना गरेका हुन । सामुदायिक विकास संस्था सिडियो सुनसरीले कार्यक्रम सञ्चालन गर्दै आएको भोक्राह र नरसिंह तथा संकल्प शिविआर नामक गैरसरकारी संस्थाले सद्भावका लागि कार्यक्रम सञ्चालन गर्दै आएको चादवेला र औरावनीको टिम वनाएर प्रतिस्पधा गराइएको थियो । हरेक वर्ष अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर विभिन्न धर्म , जातका मानिसहरुविच सद्भाव कायम गराउने उदेश्यले प्रतियोगिता गराउने गएको सामुदायिक विकास संस्थाका धिरज भट्टराईले जानकारी दिए । उनले सामाजिक सद्भाव कायम राख्न खेलकुद प्रतियोगिताले महत्पुर्ण योगदान गरेको वताए । कार्यक्रमको उद्घान इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए । सोही अवसरमा इनरुवाको भगवति मावि पछाडिको शान्ति बाटिकामा वृक्षारोपण समेत गरियो ।

तपाईको प्रतिक्रिया