इटहरी । सुनसरी ब्यटमिन्टन एकेडेमीले आयोजना गरेका नगर स्तरीय ब्याडमिन्टन प्रतीयोगिता सम्पन्न भएको छ ।
८६ जना खेलाडीको सहभागीता रहेको प्रतियोगिताको बिजेताहरुलाई पुरस्कार, ट्रफ्री र मेडल प्रदान गरीएको थियो । भेन्टान्स तर्फ तुलसी सुवेदी, चिरन्जीबी कार्की प्रमथ भएका थिए भने अन्तत बिष्ट र ज्ञानेन्द्र पराजुली दोस्रो भएका थिए त्यसैगरी जितेन राई र जानकी राज भटराई तेस्रो भएका छन । खुल्ला भेन्स डबल तर्फ रन्जन अधिकारी र दिपक क्षेष्ठ प्रथम भएका छन भने दोस्रो सुर्दशन गुरुङ र सबिन खनाल दोस्रो भएको कार्यक्रम संयोजक सुरेस कार्कीले जानकारी दिए ।
समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी पुर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका अध्यक्ष रबिन नगरकोटीले इटहरीमा बेलाबेलामा हुने व्याडमिन्टन खेलले सपुर्ण पुर्वाञ्चलको खेल क्षेत्रमा नयाँ आयम थपेको बताए । उक्त कार्यक्रम नेपाल सरकारका उप—सचिब तथा विषेश अतिथी भिम प्रसाद गौतमले खेलकुदले शरिरलाई स्वास्य र फुर्तीलो बनाउने हुदा खेलकुद आवश्यक रहेको बताए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल, राजा क्लबका अध्यक्ष सन्जिब ढुङ्गाना , नागरीक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल , उद्योग वाणीज्य संघमा सदस्य लक्ष्मण हुमागाई , सगरमाथा व्याडमिन्टनक्लबका अध्यक्ष बम लिम्बु लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया