इटहरी । युवाहरुलाई सिप र अवसरका लागि योग्य वनाउने उद्धेश्यले मोरगंको लक्ष्मीमार्गमा अक्सफोड टेनिगं सेन्टर सञ्चालनमा आएको छ ।
मोरगंको वेलवारी नगरपालिका क्षेत्रमा पर्ने लक्ष्मीमार्गमा युवाहरुका लागि सिप र ट्युसन सेन्टर समेत नगरेको तर्फ मध्यनजर गर्दै इटहरीका नविन पाण्डे लगायतका युवाहरुले टेनिगं सेन्टर सञ्चालनमा ल्याएका हुन । युवाहरुले सञ्चालनमा ल्याएको अक्सफोड टेनिगं सेन्टरको बेलवारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली सापकोटाले उद्घाटन गरिन।
टेनिगं सेन्टरमा कम्प्युटर, ट्युसन, इलेक्टिक ,सिलाई कटाई सिकाइने सञ्चालक नविन पाण्डेले जानकारी दिए । उनले लक्ष्मीमार्गका युवाहरु ट्युसन पढ्न अन्य ठाँउहरु सम्म जाने गरेको तथा सिप सिकाईका लागि कुनै पनि टेनिगं सेन्टर सञ्चालनमा नरहेका कारण आफुहरुले लक्ष्मीमार्गलाई छनोट गरेको वताए । त्यसै गरी गृहणी महिलाहरुका लागि समेत उपयोगी सिपमुलक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । प्रमुख अतिथी सापकोटाल ले आफनो क्षेत्रमा टेनिगं सेन्टर खोलेर युवाहरुका लागि सिप सिकाउने कार्य युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने बताईन । उनले टेनिगं सेन्टरले महिलाहरुका लागि विभिन्न खाले सिप सम्वन्धी कार्यक्रम सञ्चालनमा ल्याउने जनाएकाले महिलाहरुलाई आत्मनिर्भर वन्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया