इटहरी । लायन्स क्लब इटहरीले बाढी पिडीतका बालबालिका लाई स्कुल ड्रेस तथा स्वइटर वितरण गरेको छ ।
साउन २७ गते मध्यरातमा आएको वाढि वाट प्रभाभित भएका विधार्थीहरुलाई लायन्स क्लव इटहरीले राहत वितरण गरेको छ । कविर माविका ५३ जना विद्यार्थीहरुलाई स्वइटर वितरण गरिएको छ भने वुढीगंगा प्राविका एक सय पँचास जना विधार्थीहरुलाई स्कुल स्वइटर ,सिंहवाहिनी स्कुलका पँचासी विधार्थीहरुलाई स्कुल स्वइटर ,कचना माविका ११ जना विद्यार्थी लाई ड्रेस, वितरण गरेको छ । अमेरिकामा बस्दै आएका लायन्स क्लव इन्टरनेसनलका ड्रिष्टीक्ट गर्भनर लायन राजेन थापा वाट प्राप्त एक लाख एक हजार रुपैयाँ रकम बाट वाढिवाट प्रभावितहरुलाई अन्य विभिन्न संघ संस्थाले राहत वितरण गरीरहेता पनी विद्यालय जानका लागी ड्रेस तथा जाडो महिना नजिकिदै गर्दा आवश्क भएकोले स्वइटर तथा ड्रेस वितरण गरेको लायन्स क्लवका ड्रिष्टीक्ट एडभाइजर विमल पौडेलले वताए । राहत वितरण कार्यक्रममा लायन लिला ढुंगेल लायन्स क्लव इटहरीका अध्यक्ष रामनारायण राउत, लायन सुकदेव घिमिरे,लायन्स क्लव लायन्स क्लव इटहरी सि टी का अध्यक्ष राजन सुवेदी,राष्ट्रिय जागृती क्लवका अध्यक्ष संन्जीव ढुङगाना, कविर मावीकी प्राध्यानाध्यापक मिनु न्यौपाने लायन्स क्बका पुर्व अध्यक्ष नरनाथ सापकोटा, लगायतले वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया