इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ द्वारा बाढी प्रभावितहरूको सहयोगार्थ संकलित राहत सामग्रीहरू इटहरी वार्ड नम्बर ३ र १० का बाढी प्रभावित २ सय घर परिवारलाई वितरण गरेको छ । महासंघको केन्द्रिय कार्यलय बाट प्राप्त राहत सामाग्री उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा वितरण गरीएको हो ।
राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडि बढाउने योजना समेत रहेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले बताउनुभयो । खाद्यान्न, लत्ताकपडा नै बगाएपछि अलपत्र परेका इटहरीका वाढीपिडीतहरुलाई तत्काल आवश्यक लत्ताकपडा र आवश्यक खाद्यान्न सामग्री प्रदान गरीएको उद्योग वाणिज्य संघ इटहरीको सदस्य दिवस पोखरेलले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ इटहरीले विगतका दिन देखिनै राहत र व्यवस्थापनको क्षेत्रमा सक्रिय रहदै आएको छ । उक्त राहत वितरण कार्यक्रममा टंक खनाल , श्याम मानन्धर, दिव्यराज गुरुङ्ग , राजेन्द्र केसरी घिमीरे, कोवीद जंग कार्की लगायतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया