इटहरी असोज ३ गते । बैकहरुले थोरै व्याज लिने भनेर क्रृण लिइ सकेपछि बढी व्याज लिने गरेको पुर्वका उद्योगी व्यवसायीहरुको गुनासो रहेको छ ।
सुनसरीको इटहरीमा नेपाल बंगलादेश बैकको ४९ औं शाखा उद्घाटन कार्यक्रमका सहभागीहरुले क्रृण लिनु भन्दा अघि कम व्याज लिने भन्ने तर ऋण लिइसकेपछि बढि व्याज लिने गरेको गुनासो गर्नु भएको हो ।
बैकको शाखा कार्यालय उद्घाटनमा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले बैकहरुले उद्योगी व्यावसायीहरुलाई सुरुमा व्याज ८ प्रतिशत लिने भन्ने तर ऋण कारोवार गरिसकेपछि १४ प्रतिशत सम्म लिने गरेको गुनासो गर्नु भयो । उहाँले बैकहरुले यसरी मनमरी रुपमा असुल्ने व्याजलाई एक रुपता दिई व्यवसायी मैत्री वनाउने तर्फ नेपाल राष्ट्यि बैकको ध्यान जानु पर्ने बताउनु भयो । त्यसै गरी पिएलओ लुव्रिकेटका सञ्चालक भोलेश्वर दुलालले पनि बैकहरुले व्याज असुली गर्दा पहिले सहमति गरेको भन्दा वढी असुल्ने भएका कारण क्रृणमा गाडि लिएर किस्ता वुझाउने जस्ता कारोवार गर्नेहरुलाई मार पर्ने गरेको गुनासो गर्नु भयो । उहाँले बैकमा व्याज वुझाउन जाँदा जरिवाना समेत वुझाउनु पर्ने समस्या रहेको समेत वताउनु भयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले पनि बैकहरुले घर बनाउने मिश्रीले जस्तै सुरुमा कम व्याज पर्ने भन्ने तर ऋृण खाइसकेपछि व्याज बढाउने गरेको गुनासो गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्यि बैक डेपुटि गर्भनर चिन्तामणी सिवाकोटीले जनताको सुविधाका लागि २०४० सालबाट निजी क्षेत्रलाई समेत बैकीगं कारोवार गर्न दिने निति अनुरुप निजी क्षेत्रबाट समेत बैकहरु खुल्ल थालेपछि सर्वसाधारणले सहज रुपमा सेवा पाउन थालेको वताउनु भयो । उहाँले बैकहरुले आफना ग्राहकहरुलाई लक्षित गरी शाखा खोल्ने कार्यले समेत सर्वसाधारणलाई अझ वढी सहजता भएको भन्दै बैकहरुको संख्या बढेसंगै व्यास्थापनका लागि नियन्त्रण गर्ने निती राष्ट्यि बैकले अख्तियार गरेपछि बैकहरु मर्च हुने क्रम पनि जारी रहेको जानकारी गराउनु भयो । डेपुटि गर्भरन सिवाकोटीले मुलुकभर एक सय ५५ बैकहरु रहेका र तिनीहरुका ४ हजार ८ सय ९५ शाखाहरु सञ्चालनमा रहेका थप शाखाहरु खुल्ने क्रम समेत रहेको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया