सप्तरी । तेस्रो चरण अन्तर्गते प्रदेश नम्वर २ मा भईरहेको स्थानीय तहको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त डा अयोदी प्रसाद यादवले सप्तरीको राजविराज बाट पहिलो मतदान गर्नु भएको छ । मतदान पश्चात निर्वाचन आयुक्त यादबले मतदान शान्तीपुर्ण भएको भएको र आफुले पनी मतादिकार प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सामन्य त्रुटीहरु भएको तर अव आगीमा सुधार्ने समेत बताए । आयोगले नियन्त्रणको प्रयास गर्दा गर्दै विभिन्न राजनितीक दलहरुले सामान्य निर्वाचन आचारसंहिता उल्लघन गरेको उनले बताए ।
यादवले राजदेवी मतदान केन्द्रबाट पहिलो मतदान गर्नु भएको छ । सिरहा जिल्लामा ३३१७७९ मतदाता रहेको छन । आयुक्त यादवले मतदान गरेको राजदेवी मतदान केन्द्रमा २१७७ मतदाता रहेका छन । सोही केन्द्र बमट लोकसेवा आयोगका पुवै अध्यक्ष सत्य नारायण झा ले पनी मतदान गर्नुभएको छ । आयुक्त ले मतदान गरेको केन्द्रमा स्थीती सामान्य रहेको छ ।
२०७ अती सम्बेदनसिल मतदान स्थल र ८८ सम्वेदनसिल स्थल रहेको सप्तरीमा सुरक्षाको स्थीति कडा पारीएको छ । बिस वर्ष पछी स्थानीय तहको निर्वाचनमा मतदान गर्न युवा, महिला , तथा ज्येष्ठ नागरीले उत्साह पुर्वक सहभागीता जनाएका छन ।

 

तपाईको प्रतिक्रिया