इटहरी/ इटहरीमा पुर्वाञ्चल स्तरीय टि २० क्रिकेट प्रतीयोगिता आज बाट सुरु भएको छ । भदौ ७ गते देखी हुने भनीएकोमा अविरल वर्षा र वाढीका कारणले स्थगीत गरीएको प्रतियोगिता आज बाट सुरु भएको हो । इटहरी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले खेलाडी लाई बल र ब्याट हन्तान्तरण गरेर खेलको औपचारीक उदघाटन भएको हो । प्रतीयोगितामा पुर्वाञ्चल भरी बाट जम्मा आठ ओटा टिमले प्रतीसपर्धा गर्ने आयोजक कमीटीका संयोजक आसीस कार्कीले बताए । प्रतियोगिताको विजेताले नगद रु २५ हजार, उपविजेताले नगद रु १५ हजार, सर्वोत्कृष्ट खेलाडीले तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टफ्री तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।कार्यक्रममा प्रत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, राष्ट्रिय जाग्रिती क्लबका अध्यक्ष संजिव ढुङ्गनाले बताए ।

तपाईको प्रतिक्रिया