इटहरी । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बाध्यतावस मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालिका तथा किशोरीहरुलाई अवसरको खाँचो रहेको औल्याएका छन ।
पुर्वको केन्द्रको रुपमा विकसीत वन्दै आएको इटहरीमा पुर्वी पहाडि जिल्लाहरुबाट अवसरको खोजिमा आउने बालिका तथा किशोरीहरुलाई उचित व्यवस्थापनका लागि अवसरको खाँचो रहेको औल्याएका हुन । आफनो ठाँउमा रोजगारीको अवसर नभएपछि कामको खोजीमा आउनेहरु बाध्यतावस होटल ,रेष्टुरेन्ट लगायतका मनोरञ्जनका क्षेत्रमा काम गर्ने गरेको पाइएको भन्दै उनीहरुका लागि अवसर सिर्जना गर्नु पर्नेमा जोड दिएका ह’न ।
इटहरीमा मनोरन्ञ्जन क्षेत्रमा बाध्यतावस काम गर्ने बालिका तथा किशोरीहरुका समस्याको न्युनीकरण विषयक अन्तरक्रियाका सहभागीहरुले रोजगारीको अवसर उपलव्ध गराउन सके मनोरञ्जनका क्षेत्रमा काम गर्ने वालिकाहरुको संख्यामा उल्लेखिय रुपमा कमी आउने तर्क गरेका छन । खास गरी इटहरी तथा इटहरी आसपासका क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालिका तथा किशोरीहरु अवसरको खोजीमा सहरीकरणमा अघि बढेका स्थानहरुमा आउने क्रमसंगै बालिका तथा किशोरीहरु मनोरञ्जनका क्षेत्रमा वाध्यतावस काममा लाग्ने गरेको पाइएको जनाइयो । कार्यक्रम सञ्चालन उप्का नेपाल नामक गैरसरकारी संस्थाले प्लान नेपालको सहयोगमा सञ्चालन गरिरहेको अवसर परियोजनाले प्रस्त’त गरेको तथ्यांकमा होटल तथा रेष्ट’रेन्ट लगायतका मनोरञ्जनका क्षेत्रमा काम गर्नेहरुमा धेरै जसो अवसरका खोजीमा आउनेहरु नै रहेको उल्लेख गरेको छ । त्यसै गरी मनोरञ्जनका क्षेत्रमा बाध्यतावस काम गर्ने बालिका तथा किशोरहरुका समस्याका विषयलाई लिएर गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि सरकारी पक्ष अझै पनि गम्भीर ह’न नसकेको समेत सो अवसरमा ग’नासो गरियो ।
कार्यक्रममा विषेश अतिथी उधोग वाणीज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले बाध्यतावस जोखिमपुर्ण अवस्थामा मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालिका तथा किशोरीहरुको संरक्षणमा चासो दिनु पर्नेमा जोड दिए । उनले गैरसरकारी संस्थाहरुले गरिरहेका यस्ता कार्यहरुले स्थानीय सरकारलाई सहयोग पुगीरहेको भन्दै गैरसरकारी संस्थाको प्रशंसा गरे । मनोरन्ञ्जन क्षेत्रमा बाध्यतावस काम गर्दै आएकाहरुलाई उचित रुपमा व्यवस्थापन गर्ने तर्फ स्थानीय तहको समेत ध्यान जानुपर्नेमा समेत सहभागीहरुले जोड दिए ।
कार्यक्रममा उप्का नेपाल अवसर परियोजनाकी कार्यक्रम अधिकृत इन्द्रमती नेम्वागंले प्रस्तुत गरेको प्रतिवेदनमा इटहरीमा रहेका ४८ होटलहरुले २५ वर्ष सम्मका श्रमिक कामदार राखेको पाइएको उल्लेख गरिएको छ । त्यसै गरी ३९ जना १९ वर्ष देखि २५ वर्ष सम्मका किशोरीहरु होटलमा काम गरी रहेको बताइन । इटहरी उपमहानगरपालीका भित्र १५०० धन्दा वढी रहेको तर ४०० भन्दा कम दर्ता भएर संचालन भइरहेको उप्का नेपालका राम नेङ्माङ्गले जानकारी दिए । कार्र्यक्रममा जिल्ला बाल कल्याण समितीका सुनसरीका अध्यक्ष जगदिस ओली, राजेन्द्र केसरी घिमीरे , बाबुराम गिरी, लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया