इटहरी/ सन् २००८देखि कोरियन भाषाको इपिएस परिक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको यस लोटस कम्प्यूटर प्रा.लि. इटहरी–६ सुनसरी द्वारा अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना यस वर्षका आठौं इपिएस परिक्षा उत्तिर्ण गर्न सफल झण्डै २०० भन्दा बढी विद्यार्थीहरुलाई परिक्षामा सफलता हासिल गरेकोमा बधाई दिनुको साथै आउँदा दिनमा कोरियाको काम र बसाईमा अझ सहजता र सफलता मिलोस भन्दै शुभकामना व्यक्त गरेको छ । सन् २००० देखि विभिन्न विधामा तालिम तथा विदेशि भाषा अध्यापन गराउँदै आएको यस संस्थाबाट हालसम्म हजारौंले आफ्नो विदेश यात्रा सफलताकासाथ पूरा गरिसकेका छन् । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारि निर्देशक श्री रविन्द्र निरौंलाल इपिएस परिक्षा तथा कोरियाको बसाई तथा कामको बारेमा प्रकाश पार्दै परिक्षा उत्तिर्ण हुने विद्यार्थीहरुलाई मेहनत र परिश्रमले पाएको सफलतालाई निरन्तरता दिनको लागि अझ सचेत बन्दै आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै कोरियामा काम गर्नुपर्ने कुरा बताउनुभयो । विद्यार्थीहरुले कोरियाको काम र सो अनुसारको पारिश्रमिक, सेवा सुविधा दुवैलाई मध्यनजर गरेर आफ्नो कोरिया बसाईलाई सहजताकासाथ पूरा गर्नसक्ने कुरा बताउनुभयो । यसै अवसरमा संस्थाका कार्यकारि निर्देशक तथा कोरियन भाषा प्रशिक्षक रविन्द्र निरौंला, कोरियन भाषा प्रशिक्षक हिमाल राउत र लिलाराज घिमिरेले विद्यार्थीहरुलाई अविर टिका र खादा लगाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । हाम्रो आफ्नो देश र परिवेशमा हुर्केका विद्यार्थीहरुलाई फरक परिवेशमा काम गर्नुपर्दा यहाँबाट देखेको कोरिया र वास्तवमा काम गर्नुपर्ने ठाउँमा पूगेर काम गर्नुपर्दाको कोरियाबिचको फरकलाई प्रष्ट्याउँदै मेहनती र परिश्रमी कोरियनहरुपनि आफुसँगै काम गर्ने हुनाले दुवै एक अर्कामा फरक भए पनि काम र दाममा समान छौं भन्दै म पनि गर्न सक्छु भन्ने कुरालाई मनन् गर्दै काम गर्न सके कोरिया बसाई अझ सहज हुने कुरा कार्यकारि निर्देशक रविन्द्र निरौंलाले उक्त कार्यक्रमा बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीका कृषकहरुसंग साक्षात्कार कार्यक्रम
धरान । खेती नलगाएर बाँझो राखिएका जग्गाहरुमा खेती गरेर कृषकहरुलाई आर्थिक उपार्जनका लागि सहयोग पुर्याउने लगायतका उद्धेश्यह...
धनकुटा क्याम्पसमा विविए पढाई कार्यक्रम सञ्चालनका लागि छलफल सम्पन्न
धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अब ब्याचलर अफ बिजनेस एडमिनिस्टे«शन पढाई हुने भएको छ । त्रिभूवन विश्वविद्यालय भ...
समीक्षा तथा अन्तरक्रिया गोष्ठी पाख्रीबास नगरपालिकामा सम्पन्न
धनकुटा । निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठी धनकुटाको पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।...
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
हातीको आक्रमणबाट सुन्दरहरैचामा एक महिलाको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षि...