इटहरी । साउन अन्तीम साता आएको बाढीबाट प्रभावित भएका इटहरी १० का ३२४ घर परिवारका महिला तथा किशोरीहरुलाई अहमदिया संघ नेपालले लत्ता कपडा वितरण गरिएको छ । विभिन्न संघ संस्थाले खाध्यन्न लगायतको राहत सामाग्री प्रदान गर्दै आएता पनी लत्ता कपडा भने कमै प्रदान गरेकाले नजिकिदै आएको दँसैलाई मध्यनगर गर्दै अमहदिया संघ नेपालले १ लाख पचास हजार रुपैयाँ बढीको राहत स्वरुप लत्ता कपडा प्रदान गरिएको केन्द्रीय अध्यक्ष कमरुल होदा अन्सारीले बताए । इटहरी १० बरगाछीका बाढी पिडीतहरु स्थानीय सरकारले खासै चासो नदेखाएता पनी अहमदिया संघ जस्ता बिभिन्न संघ संस्थाको सहयोग र सद्भावका कारण हामीहरुलाई जिवन यापन गर्न केही सहज भएको पिडितहरुले बताए । सबैलाई माया गरौ कसैलाई घृणा नगरौ भन्ने भावनाले सामाजिक कार्यमा सक्रिय रहदै आएको अहमदिया संघले वाढी पिडीतको खुसीका लागी साडी चोलो लगायतका लत्ता कपडा प्रदान गरेको युवा संघका अध्यक्ष सलिम अहमदले बताए । संघले सुनसरी , मोरङ्ग लगायत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको संघका सुनसरी मोरङ्ग जिल्ला प्रमुख समिन अहमदले जानकारी दिए । प्राकुतीक विपत्ती तथा सामाजिक कार्यमा सक्रिय रहेको यस संघले इटहरी १० का बाढी पिडीतलाई सहयोग गर्न पाउदा आफुहरु पनी खुसी भएको अहमदले बताए ।

तपाईको प्रतिक्रिया