लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सुनसरीको इटहरीमा आफ्नो ४० औं शाखा कार्यालय स्थापना गरेको छ । १६ औ स्थापना दिवसको अवसर पारेर इटहरीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार ले आइतबार उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतीथी दस्तिदारले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नेपालमा बिमाक्षेत्र बाट सबैभन्दा वढी नेपाल सरकारलाई बुझाउदै आएको बताए ।

आईएसओ गुणस्तर मापदण्ड चिन्ह प्राप्त जीवन बीमा कम्पनी नेपालले विश्वको १ सय २० देशमा सक्रियतापूर्वक काम गरिरहेको र नेपालको कमजोर सामाजिक सुरक्षा ब्यवस्था भएको अवस्थामा पनि कम्पनीले विभिन्न माध्यमबाट नेपाली नागरिकको जीवन सुरक्षित गर्ने कार्यमा भरपर्दो सेवा दिँदै आएका पनि कार्यकारी निर्देशक दस्तिदार को भनाई रहेको छ ।

उक्क्त अवसरमा कम्पनीका इटहरी शाखा प्रमुख रन्जित कुमार रायले बीमा दाबी भुक्तानी सहजरुपमा गराउनु नै एलआईसी नेपालको मौलिक विशेषता रहेको बताएका थिए । सन २००१ सेप्टेम्बर १४ मा स्थापना भएको यो बिमा कम्पनीमा नेपालभरी हालसम्म १२ लाख पचास हजार भन्दा वढीको जिवन बिमा गरीसकेको एजेन्सी मेनेजर तेन्द्र नायकले जानकारी दिए । इटहरी पछी इलाम र दमकमा पनी शाखा बिस्तारको तयारी भैरहेको नायकले बताए ।
१ सय ६० जना युवाहरुलाई प्रत्यक्ष रोजगारी तुल्याउँदै यस बीमा कम्पनीले ३४ हजार ब्यक्तिलाई बीमा कम्पनीका एजेण्ट क्रियाशील गराई नेपालमा आर्जन गरेको ३ खर्ब ५ करोड यही नेपालमा लगानी गरेको पनि कार्यकारी निर्देशक थोषले थप जानकारी दिनुभयो ।

कार्यक्रममा कुमारी बैक इटहरी शाखाको मेनेजर अंकित पान्डे, एनएमवी बैक इटहरी शाखाको मेनेजर प्रकास घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया