इटहरी । सौन्दर्य कला व्यवसायी संघ सुनसरीको चौथो अधिवेशनले शान्ता राईको अध्यक्षतामा सर्वसम्वर्त नयाँ कार्य समिति चयन गरेको छ ।
सुनसरीको इटहरीमा आयोजित १० औं साधारण सभा तथा चौथो अधिवेशनले उपाध्यक्षमा विजु श्रेष्ठ , सचिव सिर्जना राई श्रेष्ठ, सहसचिव मेनुका वानिया कोषाध्यक्षमा कविता लिम्वुलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा सुनिता श्रेष्ठ , अम्वीका घिमीरे, एलिसा तामागं, रक्षा काफ्ले रहेका छन बाँकी सदस्यहरु सहमतिमा चयन गरिने उपाध्यक्ष विजु श्रेष्ठले वताइन । सल्लाहकारमा सकुन सुव्वा, सुमि थापालाई चयन गरिएको छ । अधिवेशन अघि आयोजित खुल्ला सत्रमा बोल्ने वक्ताहरुले सौन्र्दय कला व्यवसाय सञ्चालन गरेर महिलाहरु आत्मनिर्भर वन्ने मात्र नभएर अरुलाई समेत आत्मनिर्भर बन्न प्रेरणा प्रदान गरिरहेको वताएका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष वजरंगलाल अग्रवाल , महासचिव टँक खनाल सचिव राजेन्द्रकेशर घिमीरे , सौन्र्दय कला व्यवसायी संघकी केन्द्रीय सचिव भगवती थापा लगायतले बोलेका थिए । त्यसै गरी सौन्र्दय कला व्यवसायी संघ इटहरीले पनि नयाँ नेतृत्व चयन गरेको छ । सौन्दर्य व्यवसाय सञ्चालन गर्दै आएका इटहरी क्षेत्रका महिलाहरुले सावित्रा नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

तपाईको प्रतिक्रिया