ललितपुर, २९ भदौ । नेपालीकांग्रेसका केन्द्रीय सदस्यतथा केन्द्रीयप्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले यहीअसोज २ गते प्रदेश नं २ काजिल्लाहरुमाहुने स्थानीयतहको निर्वाचनमाकम्तिमा १ सय तहजित्ने दाबीगर्नुभएको छ ।
नेपालीकांग्रेस केन्द्रीयप्रचारप्रसार समन्वय समितिले बिहिबार पार्टीको केन्द्रीयकार्यालय सानेपामाआयोजनागरेको पत्रकार सम्मेलनमाउहाँले सो दावीगर्नुभएको हो ।
यहीअसोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीयतहमा स्थानीयनिर्वाचनहुँदैछ । जसमा एक महानगरपालिका(वीरगञ्जमहानगरपालिका), तीनउपमहानगरपालिका (कलैया,जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।
नेपालीकांग्रेसले स्थानीय स्तरमातीन स्थानीयतह (गौर,मिथिला र निजगढ नगरपालिका)माप्रमुख र उपप्रमुखपदमाअन्य राजनीतिकदलसंग तालमेल गरेको छ ।
प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागीभएर भर्खरै फर्कनुभएका समन्वय समितिका संयोजक लेखकले निर्वाचनप्रचारप्रसारको तयारी र प्रदेश नं २ कामतदाताको अपेक्षा,भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपालीकांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीयतहको समग्र निर्वाचनमा नै नेपालीकांग्रेस पहिलो हुने विश्वास व्यक्तगर्नुभयो ।
उहाँले नेपालीकांग्रेसले स्थापनाकालदेखि हालसम्ममधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नं प्रदेशको विजयको आधार भएको बताउनुभयो । उहाँले मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायकानागरिकको भावनालाई समेटेर संविधानलाई अझ अस्वीकार्य बनाउने सन्दर्भमा नेपालीकांग्रेसले लिएकाकदमपनिनिर्वाचनजित्नमा सहयोगीहुने दाबीगर्नुभयो ।
“मधेशीजनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउदैकार्यान्वयन गरी मुुलुकको विकास गर्न ल्याइएको संविधान संशोधनको हाम्रो प्रयास प्रमुखप्रतिपक्षीएमालको कारण असफलहुनपुग्यो” नेता लेखकले भन्नुभयो,“ यसले नेपालीकांग्रेसले मधेश र मधेशीजनताको हितमाकाम गरेको र एमालेले विरोधमाकाम गरेको अनुभूति स्थानीयबासिन्दालाई भएको छ ।”
उहाँले संविधान संशोधनको प्रयासले नेपालीकांग्रेस देशका सबै भूभागकाजाति, जनजाति, वर्ग,समुदायकानागरिकहरुकाबीचमाविभेद र कटुता हटाउदै सौहार्द्र वातावरण सिर्जना गरी सबैको भावनालाई एकीकृत गरेर राष्ट्रियता बलियो बनाउन सक्रिय रहेको दावीगर्नुभयो । यसको विपरित एमालेका नेताहरु मतभेद सिर्जना गरेर आपसीएकताकमजोर पार्ने कार्यमा सक्रिय रहेको पनिउहाँले आरोप लगाउनुभयो ।
नेता लेखकले नेपालीकांग्रेसले नै हालसम्मभएकाउपलब्धिको रुपमाआएको संविधानलाई कार्यान्वयनगर्न गरिएको स्थानीयचुनावमा सबै राजनीतिकदललाई संलग्न गराउने वातावरण तयार पारेको पनिउल्लेख गर्नुभयो ।“असन्तुष्ट राजनीतिकदलहरुलाई समेट्न २ नं प्रदेशको चुनाव केही समय पर सार्दा हामीलाई चुनावनगराउने आरोप लगाइयो” नेता लेखकले भन्नुभयो,“तर अलिकतिलचिलो नीतिलिदा स्थानीयचुनावमा सबै सहभागीहुने वातावरण तयार भयो ।”
उहाँले संविधानकार्यान्वयनतर्फ गएकोमा सन्तुष्टि प्रकट गर्दै भन्नुभयो, “नेपालीकांग्रेसको नेतृत्वमा रहेको वर्तमान संयुक्त सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरि त्यस अनुरुपनिर्वाचनगर्ने वतावरण तयार भएकोले कांग्रेसको नेतृत्वले नै राजनीतिक स्थायित्वकायम गरी विकासको नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।”
केन्द्रिय सदस्यतथाप्रचारप्रचार समन्वय समितिका संयोजक नेता लेखकलेमधेशकाबासिन्दाहरुको मुद्दाहरुलाई बोकेर निष्कर्षमा पुर्याउन क्षेत्रीय र साना पार्टीहरुले नसक्ने बताउदै भन्नुभयो,“ संविधान संशोधनलगायतका तराई मधेशकागह्रुंगा मुद्दा बोक्नपनिबलियो काँध चाहिन्छ , कांग्रेस बाहेक अरुबाट त्यो संभव छैन।”
नेता लेखकले तराई मधेशको समस्याको रुपमा रहेको बाढी र डुबान समस्याको समाधानमाप्रधानमन्त्री शेरबहादुर देउवाकोहालैको भारत भ्रमणमा उल्लेख्य प्रगतिभएकोबताउदै तराईको विकासकालागिपनिकांग्रेसको नेतृत्वमाथुप्रै कामभएको दावीगर्नुभयो ।
उहाँले ८०० कि.मी. हुलाकी सडक निर्माण गर्ने, तराई–मधेशलाई काठमाडौंसंग जोड्ने फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउनदिने , निजगढ एअरपोर्ट निर्माण गर्ने लगायत रेल्वे सेवाविस्तार,सिंचाई र शिक्षाकापूर्वाधारहरु नेपालीकांग्रेसको पालामाबनेका र बनाउने निर्णय भएको उल्लेख गर्दै भन्नुभयो,“यसले कांग्रेस मधेश र मधेशीजनताको पक्षधर भएको प्रमाणित गरेको छ ।”
प्रचारप्रसार समन्वय समितिका संयोजक नेता लेखकले नेपालीकांग्रेसका सभापतिएवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांककोइराला र कोषाध्यक्षसितादेवीयादव सहितपूर्व पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु र पूर्व केन्द्रीय सदस्यहरु, सांसदहरु र पूर्व सांसदहरु सहितजिल्ला, नगर र गाँउकाविभिन्नतहका पार्टी पदाधिकारी,सक्रियकार्यकता र समर्थकहरु सम्पूर्ण शक्तिका साथनिर्वाचनमा परिचालनभएको बताउनुभयो।

तपाईको प्रतिक्रिया