इटहरी । नेपाल विद्युतिय व्यवसायी महासंघले सुनसरीको इटहरीका बाढि पिडितहरुलाई सोलार बत्ती वितरण गरेको छ ।
गत साउन अन्तिम साता आएको बाढिबाट प्रभावित बनेका इटहरी ४ गैरी गाँउ वासीलाई विद्युतिय व्यवसायीहरुले सोलर बत्ती वितरण गरेका हुन । बाढिका कारण सुनसरीमा सवै भन्दा बढि मानविय क्षति भएको गैरी गाँउ नै बाढिले बगाउदा विद्युत सेवा समेत प्रभावित वन्दै आएका थिए । बाढिका कारण प्रभावित वन्दै आएका गैरी गाँउमा नेपाल विद्युतिय महासंघका तर्फबाट ५८ सोलार बत्तीहरु वितरण गरिएको हो । बाढि प्रभावित वस्तीमै पुगेर सोलार बत्ती वितरण गर्दै आएका विद्युतिय व्यवसायी महासंघले मोरगंका विभिन्न ठाउँका बाढि पिडितहरुलाई जनी ५७ बटा समेत वितरण गरिएको केन्द्रीय सचिव लक्ष्मि धितालले बताए । धितालको नेतृत्वमा इटहरी विद्युतिय व्यवसायी संघ र मोरगं इलेक्ट्रीक संघको सहकार्यमा सोलार बत्ती वितरण गरिएको जनाइएको छ । सोलार वितरणमा इटहरीका अध्यक्ष विष्णुशर्मा पौड्याल तथा सदस्यहरु पुरुषोत्तम दहाल , हेमन्त थपलिया, सरिता राई , चन्द्र देवकोटा , शिवु दाहाल , ढुण्डी गुरागाई लगायतका विद्युतिय व्यवसायीहरुले बाढि प्रभावित क्षेत्रमै पुगेर सोलार बत्ती वितरण गरेका हुन । बाढि प्रभावित क्षेत्रमा विद्युत पोलहरु बगाएको कारण रातको समयमा अन्धकार हुने भएकोले सहज रुपमा जिवनयापनका लागि सोलर बत्ती वितरण गरिएको जनाइएको हो ।

तपाईको प्रतिक्रिया