इटहरी । इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले मनोरञ्जनका क्षेत्रमा बाध्यतावस काम गर्ने बालिका तथा किशोरहरुका समस्याका विषयमा सरकारी पक्ष गम्भीर नभएको गुनासो गरेका छन ।
प्लान इन्टरनेशनलको सहयोग तथा उप्का नेपालको आयोजनामा मनोरञ्जन क्षेत्रमा संलग्न बालिका तथा किशोरीहरुको जोखिम व्यवस्थापन उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो गुनासो गरेका हुन । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले बाध्यतावस जोखिमपुर्ण अवस्थामा मनोरञ्जनका क्षेत्रमा काम गर्ने बालिका तथा किशोरीहरुको संरक्षणमा चासो दिनु पर्नेमा गैरसरकारी संस्थाहरुले गरिरहेका यस्ता कार्यहरुमा समेत सरकारी पक्षले अपेक्षाकृत सहयोग नगरेको

गुनासो समेत गरे । उनीहरुले स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको पनि तिन महिना बिति सक्दा समेत होटल , रेष्टुरेन्ट लगायतका मनोरञ्जनका क्षेत्रमा जोखिमपुर्ण काम गर्दै आएका बालिका तथा किशोरीहरुका विषयमा चासो नदिएको समेत गुनासो गरे । मनोरञ्जनका क्षेत्रका बाध्यतावस काम गर्दै आएकाहरुलाई उचित रुपमा व्यवस्थापन गर्ने तर्फ स्थानीय तहको समेत ध्यान जानुपर्नेमा समेत सहभागीहरुले जोड दिए । कार्यक्रममा विकासको गतिमा अघि बढेको इटहरीमा पुर्वी पहाडि जिल्लाका साथै अन्य ठाँउबाट समेत बालिका तथा किशोरीहरु बाध्यतावस मनोरञ्जनका क्षेत्रमा काम गर्न आउने गरेको तथ्याँक सुनाइयो । कार्यक्रममा उप्का नेपाल अवसर परियोजनाकी कार्यक्रम अधिकृत इनद्रमती नेम्वागंले प्रस्तुत गरेको प्रतिवेदनमा इटहरीमा रहेका ४८ होटलहरुले २५ वर्ष सम्मका श्रमिक कामदार राखेको पाइएको उल्लेख गरिएको छ । त्यसै गरी ३९ जना १९ वर्ष देखि २५ वर्ष सम्मका किशोरीहरु होटलमा काम गरी रहेको

 

जनाइएको छ । परियोजनाले एक सय १७ जना लाई सिपमुलक तालिम दिएको , एक सय १३ जनालाई जिविकोपार्जनका लागि सहयोग गरेको ,३सय ५० जनालाई परामर्श दिएको ३५ जनालाई आवाष सेवा दिएको , ५५ जनालाई उद्धार गरी पुनरस्थापना गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा उप्का नेपालकी प्रमुख सकुन्तला सुब्वा , जिल्ला बाल कल्याण समितिका जगदिश ओली , प्लान नेपालकी टंकमाया लिम्बु , पारालिगलकी राधा भटट्रराई ,श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लिला भुजेल, उप्का नेपालका राम नेम्वागं,उद्योग वाणिज्य संघका महासचिव टंक खनाल, लगायतले बोलेका थिए । कार्यक्रममा होटल व्यवसायी , प्रहरी प्रशासन , बाल सञ्जाल , सञ्चारकर्मी लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया