गोपाल काफ्ले पथरी भदै २८, पथरीशनिश्चरे ट्राफिक कार्यलयले सवारी दुर्धटना न्यूनिकरण गर्ने उदेश्यले “सडक सुरक्षा अभियान“ छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको सहकार्यका पथरीशनिश्चरे र कानेपोखरी गाँउपालिका अन्तरगत महेन्द्र राजमार्ग आसपासमा भएका अबेवस्थित फुठपातका पसल हटाउने र राजमार्ग दायाँबायाँ ८२ फिट कायम गर्नको लागि अन्तरकृया गरपएको छ । पथरी ट्राफिक कार्यलयको आयोजनामा भएको उक्त कार्यक्रम शडक दुर्घटना न्यूनिकरण किन, के कालागी र कस्कालागी भन्ने बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यलय बिराटनगरका प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिनु भयो । ट्राफिक कार्यलयको भवनमा भएको कार्यक्रममा पथरीका ब्यापारी, समाज सेवी, राजनिती दल, सवारी ब्यावसायी, सवारी चालक लगायत नगर प्रमुख र उपप्रमुखको उपस्थिती थियो । सडक सफाई र दुर्घटना न्यूनिकरण सम्भन्धी स्थानिय सामजसेवी, राजनितीकदल, ससर्वसाधारण, व्यापारी र चालकहरुले दुर्घटनाका समस्या र समधानको बिषयमा बोलेका थिए भने मेयर दिलिप कुमार राईले जन समुदायबाट आएका सहजिकरणका बिसयमा नगरपालिका सधै सकरत्मक रहेकोले कुरा जानकारी दिनु भयो तर यो सबै नेपालीहरुको चाड पर्व भएकाले सबै कुरालाई ब्यवस्थित गरि अगि बढ्नु पर्नेमा जोड दिनु भयो । बिभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, जनप्रतिनिधीको भेलाले बडादशै, तिहार र छैट पर्व पछाडि ट्राफिक कार्यलय पथरी, पथरी उध्योग बाणिज्य संघ र नगरपालिका, गाउपालिकाको अगुवाईमा ७ दिने सुचना प्रसारितगरी पुर्ण सरसफाई गरिने भएको छ ।

फ’टेज एभि न्य“ज डिष्टीकको म्यासेन्जरमा छ

तपाईको प्रतिक्रिया