इटहरी । उपप्रधानमन्त्री विजय कुमार गच्छदारले संविधानले महिलाका अधिकारहरु सुनिश्चत गरीसकेको भन्दै संविधान प्रदत्त अधिकार लिन महिलाहरु अाफै सक्रिय हुनु पर्ने बताए ।
सुनसरीको एकम्बामा थारु महिलाहरुको महान पर्व जितियाको पुर्व सन्धयामा आयोजित सास्कृतिक कार्यक्रममा बोल्दै गच्छदारले अधिकार प्राप्तीका लागि महिलाहरुलाई आफै सक्रिय हुन आग्रह गरेका हुन । थारु महिला सभा इटहरी १६ ले थारु समुदायका महिलाहरुको महान पर्व जितीयाको अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा गच्छदारले २०७२ असोज ३ गते जारी गरिएको संविधान सहितको भएका कारण पनि सवैको स्वीकार योग्य रहेको समेत दावी गरे । कायक्रयमा थारु समुदायको जातिय कला संस्कृतिका साथै सास्कृतिक कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो ।
इटहरी उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष श्रवण कुमार चौधरीको संयोजनमा आयोजीत कार्यक्रममा फोरम लोकतान्त्रीकको सांसद कल्पना चौधरी , फोरम लोकतान्त्रीकको उपाध्यक्ष हरिप्रसाद न्यौपाने , इटहरी उपमहानगरपालीकाको मेयर द्रावारीका लाल चौधरी, दुहवी नगरपालीकाको मेयर वेद नारायण गच्छदार लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा सनसाइन स्काई क्लव, द

क्रियटिभ स्काई क्लव लगायतले स्वयमसेवकको कार्य गरेका थिए ।
जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई र मधेसका प्रत्येक

गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।  थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्दछन भने माइती जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट भएर शुभकामना आदानप्रदान गरी जितिया मनाउने गर्दछन ।

तपाईको प्रतिक्रिया