इटहरी । इटहरी उपमहानगर पालिका वार्ड नम्बर ३ का वाढीका कारण घरबार विहिन भई त्रिपाल मुनी विस्तापित जिवन विताउदै आएका पिडीतहरुलाई नेपाली सेनाले राहात वितरण गरेको छ । साउनको अन्तिम साताको अविरल वर्षाका कारण पिडित बन्न पुगेका इटहरी ३ का बाढि पिडितहरुलाई नेपाली सेनाले चामल सहित आवश्यकता अनुसारको राहात सामाग्री वितरण गरेको हो । इटहरी वडा नम्बर ३ को खोर्सानी खाप, सिर्जना लाइन र सुनौलो टोलका एक सय सात घर परिवारलाई राहत सामाग्री नेपाली सेनाका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलको नेतुत्वको टोलीले प्रदान गरेको थियो । वाढीले बगाएर घरबार विहीन बन्न पुगेका पिडीतहरु त्रिपाल टागेर बसेको स्थानमा गई पृतनापतीले अवस्थाका वारेमा जानकारी लिनुभएको थियो । आवस्यक राहात भुतपुर्व स्व. सेनानी दिलिप राईको सम्झनामा इलाम निवासी राईको आफन्त तथा परिवार र नेपाली सेनाको पुर्वि पृतना मुख्यलयको संयुक्त सहयोगमा राहत प्रदान गरीएको हो । राहत प्राप्त गरेका वाढी पिडीतहरुले नेपाली सेनाले आधारभुत आवश्यताको सामाग्रीहरु प्रदान तथा उद्धार जस्ता काम प्रती पिडितहरुले खुसी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया