इटहरी । सामाजिक गतिविधिमा सक्रिय रहदै आएको युथ फर ब्लड सुनसरीको चौथो अधिवेशनले एलिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्य समितिको नेतृत्वको लागि अध्यक्षमा दुई जना एलिना र र्निदिप काफ्ले प्रतिस्पर्धामा रहेका थिए । मत परिणामका आधारमा एलिना विजयी भएकी थिइन । दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा रोशन तिमल्सीना, महासचिवमा विजया प्याकुरेल , सचिवमा स्वेच्छा श्रेष्ठ ,कोषाध्यक्षमा मनिषा श्रेष्ठ सर्वसम्मत चुनिएका हुन । त्यसै गरी सदस्यहरुमा अनुजा पौडेल , सर्मिला घिमीरे, भक्तबहादुर पुरी , कल्याण श्रेष्ठ, विष्णु राई रहेका छन । अधिवेशनमा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाका सभापती विमल पौडेल , युथ फर ब्लडका सल्लाकार सञ्जय चौधरी , केन्द्रीय अध्यक्ष अतित गुरागाई , सुभाषचन्द्र सिहं, औषधि व्यवसायी संघ इटहरीका अध्यक्ष नविनराज गौतम लगायतले बोलेका थिए । कार्यक्रममा युथ फर ब्लडले सञ्चालन गरेका विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान समेत गरेको थियोे ।

 

तपाईको प्रतिक्रिया