प्रदेश नम्बर १ को राजधानी कहाँ हुन्छ ?कोहि खुलेर भन्न सक्ने अवस्थामा छैनन ।सस्तो लोकपृयता र तालिको लागि चर्केर इटहरी राजधानी हुन्छ भनेर भन्ने सबै पार्टीमा छन ।इटहरीको नामैले सामसद बनेकाहरु ४ जना छन।निर्वाचित समेत त ५ जना।५ जना एउटै स्वरमा करायो भने गावै थर्किन्छ झन साम्सद हल त नथर्किने कुरै भएन ।तर बिचाराहरु।
इटहरी आफैमा भाग्यमानी शहर हो।पुर्वी पृतना यहाँ त्यसै बसेको छैन ।शशस्त्र त्यसै बसेको छैन।पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय ,राजस्व कार्यलय,यातायात कार्यलय,तरहराको कृषी केन्द्र,रेशम खेती,जुटबिकास त्यसै आएका छैनन ।जुन शहर समग्र पुर्वको सुरक्षा नेतृत्व गर्दैछ त्यो शहर कुनै कारणले राजधानी बनेन भने अन्य कुन शहर सुरक्षित रहन सक्छ?
सिमा क्षेत्रबाट राजधानी रहन आवस्यक मापदण्ड यसले पूरा गरेको छ।हरेक बन्द/ हड्ताल /आन्दोलनमा अत्यन्तै सुरक्षित शहर इटहरी , राजधानी नबने कुन शहर राजधानी बन्छ?इटहरी सङ्ग यति जग्गा छ जुन प्रदेस नम्बर १ का सम्पुर्ण पुर्वाधारहरुलाइ थेग्न सक्ने छ।बन जङ्गल ,हराभरा,स्वस्थ्य शहर हो इटहरी ।त्यसैले पनि यो राजधानी बन्ने सामर्थ्य राख्छ।रंगशाला ,सबै जिल्ला जोड्ने सुगम बाटाहरु,सबै जिल्लाको मनमा रहेको जिल्ला त्यसैले पनि राजधानी हुने शहर हो इटहरी ।पत्रपत्रिका ,एफ एम रेडियो,टि भि अनि केवलका कारण सन्चार जगत इटहरीको उर्जा हो।खेतियोग्य जमिन,वनजङल सबैका हिसाबले इटहरी त्यो सामर्थ्य राख्दछ।
बुढि जमुना मुक्ती घाट,तालतलैया,काव्य वाटिका,संगीत साधना प्रतिस्ठान ,सामुदायिक सर्प दङ्स उपचार केन्द्र,गणेशमान सिन्ह स्मृति पार्क लगायत विविध पुर्वाधार हरुले नि इटहरीलाई संवत् राजधानीको हकदार बनाउने सामर्थ्य राख्छन।
इटहरी, इटहरी वासिको मात्र हैन ,सम्पुर्ण प्रदेशवासी तथा रास्ट्रकै सम्पत्ति हो।त्यसैले अपनत्वको महसुस सबैले गरौ।इटहरिलाइ राजधानीको मुख्य केन्द्र बनाएर धनकुटा ,बिराटनगर ,इनरुवा ,बिर्तामोड सम्मको क्षेत्रलाइ समेटी एकीकृत पुर्वाधार युक्त राजधानी निर्माणमा लागौ।
यस्को अर्थ सबै कार्यलय ,सबै राजधानीका आधारभुत कुरो हरु इटहरीले मात्र हैन ,बिराटनगर ,धरान ,धनकुटा ,झापा सम्मले पाउने गरिको एकीकृत प्याकेज बन्नु पर्छ।त्यसको नेतृत्व बिराटनगर , झापा अनि धनकुटाले गर्छन।क्षे सि नि धनकुटामा हुदा हामी गएकै हौ।बिराटनगरमा पुनरावेदन हाल उच्च अदालत हुदा हामी गएकै हौ।त्यस्कारण इटहरी सङ्ग त्यो पुर्वाग्रह छैन।बिराटनगरका लागि बोल्ने धेरै निस्किए,धनकुटाले नि राम्रो नेतृत्व पायो।इटहरी नेता बिहिन त नभनौ शक्ति बिहिन बन्यो।सामसद बन्नेहरु पनि निगाह मा बने भने मन्त्री बन्ने हरु नि बक्सिसमा बने इटहरी निरीह रहिरहयो।तर इटहरी आफैमा भाग्यमानी शहर हो।पुर्वाधार,सुगम,साधन स्रोतको सम्पन्नता,शान्ती ,जग्गाको उपलब्धता लगायतका कारणले पनि यो शहर राजधानी बन्छ।चनाखो बनौ,खबरदारी गरौ।

अधिबक्ता रमेशकुमार पोखरेल

तपाईको प्रतिक्रिया