इटहरी । किशोर किशोरीहरुलाई समाजप्रति बफदार र जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले स्थापना गरेको स्काई क्लवमा आवद्ध सदस्यहरुलाई मोरगंको गोकर्ण रिसोर्टमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ओल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा युथ क्रिसन सुनसरीको आयोजना गरिएको कार्यक्रममा आफ्नो गाउँघर समुदायमा निष्ठापूर्वक सेवामा कसरी समर्पित बन्ने र त्यसका लागि मनभित्रैबाट सेवाभावना कसरी जागृत गराउने भन्ने विषयमा किशोर किशोरीहरुलाई सकारात्मक चिन्तनको विकासमा केन्द्रित गरेर अन्तरक्रियात्मक भेला गरेको हो ।
सुनसरी जिल्लाको इटहरी उपमहानगर तथा इनरुवा नगरपालिका र रामधुनी नगरपालिकाका विभिन्न वडामा स्थापना गरिएका स्काई क्लवमा आवद्ध १६० जना किशोर तथा किशोरीहरुलाई सामाजिक भावनाको विकासमा समर्पित गराउन अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको युथ क्रियसन सुनसरीका अध्यक्ष जितेन्द्र नायकले जानकारी दिए ।
२०१७ मे बाट सुनसरीमा पनी स्काई क्लव गठन गरिएको स्काई क्लबका कोच जगत कामतले बताए ।
सकारात्मक चिन्तन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा न्यूजिल्याण्डकी स्काई क्लवकी कोच फिलिफाले आफु न्यूजिल्याण्डदेखि नेपालमा आएर किशोर तथा किशोरीहरुलाई सकारात्मक चिन्तनको विकास गराएर सवल मानव सभ्यताको शिक्षा दिइएका थिन ।

 

तपाईको प्रतिक्रिया