इटहरी । बेलवारी जेसिसले विविध सामाजिक कार्यक्रम गरी जेसिज सप्ताह मनाएको छ । गत आइतवारबाट सुरु भएको जेसिज सप्ताह अन्र्तगत बाढि पिडिलतलाई राहत वितरण , असाह बृद्धाको लागि घर निर्माण , वृद्धवृद्धालाई फलफुल वितरणका साथै अन्तिम दिन शनिवार रक्तदान गरी सप्ताह समापन गरेको हो । समापनको अवसरमा आयोजित रत्तदान कार्यक्रममा ८६ जना महिला पुरुषले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिराटनगरले प्राविधिक सहयोग पुर्याएको कार्यक्रम संयोजक ऐश्वर्यप्रसाद आचार्य (बिपिन) ले जानकारी दिए।

माधवराज थापाको अध्यक्षतामा भएको जेसिज सप्ताह समापन कार्यक्रममा बेलबारी जेसिजका उपाध्यक्ष केदार अधिकारी बेलबारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष चक्र खुलाल,वडा नम्बर २ का अध्यक्ष योगेन्द्र सुवेदी,इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख रामजी कटवाल लगायतले बेलबारी जेसिजले गरेका सामाजिक कामको प्रशंषा गरेका थिए ।
जेसिज सप्ताहका अबसरमा बेलबारी जेसिजले बेलबारी १ को नक्सालबारीकी असहाय बृद्धा बिष्णुमाया खडकाको घर निर्माण कार्यलाई प्रमुख कार्यको रुपमा लिदै शिलान्यास गरि निर्माण कार्य तिव्रताका साथ भई रहेको समेत जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया