इटहरी, २४ भदौ । बीपी कोईराला १०३ औ जन्मज यनित तथा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २४ औ स्थापना दिवश आज धरानमा मनाईएको छ ।
धरानको प्रतिष्ठान परिसरमा झण्डोत्तलन सहित विविध चिकित्सकीय कार्यक्रमहरु सहित स्थापना दिवश मनाईएको हो ।

स्थापना दिवशको अवसरमा अखिल भारत आयुर्वेदिक विज्ञान संस्थान एम्सका निर्देशक प्रोफेसर डा रणदिप गुलेरियाले महामहानव बीपी कोईराला नेपाल र भारतकामात्र हाईन दक्षिण एशियामा नै प्रजातन्त्रिक समाजवादका प्रणेता रहनु भएकैले आज दुवै देशले उहाँको नाममा सम्मानार्थ यस प्रतिष्ठान निर्माण गरेर उहाँप्रति सम्मानभाव प्रकट गरेको हो भन्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा राजकुमार रौनियारले धेरै चुनौति र सिमित अवसरलाई अधिकतम सदुपयोग गर्दै अघि बढ्नु पर्ने बर्तमान अवस्थाबाट गुज्रिएर प्रतिष्ठानले सवै फयाकल्टी कर्मचारी जनशक्ति र भौतिक पूर्वाधारलाई समष्टिगत रुपमा केलाउँदै नेपालमा नै नन रिफरल प्रतिष्ठानका रुपमा उभ्याउन सकेसम्म प्रयास गर्ने अठोट पनि ब्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वाञ्चल क्षेत्रका विश्वविद्यालय तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रमुख एवम उप प्रमुख राजनीतिक दलका नेता लगायतकोसहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानका आज मौजुद सेवा सुविधा र जनशक्ति परिचालनका लागि कम्तिमा बार्षिक अढाई अर्व खर्च लाग्ने प्रक्षेपण रहेकाले यही अवस्थामा प्रतिष्ठानको आन्तरिक आयस्रोतले आर्थिक अवस्था धान्न सम्भव नहुने भएकाले राज्यले यस विषयमा गम्भीर ध्यान दिन जरुरी रहेको पनि सोही समारोहमा जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया