इटहरी । स्थानीय तह अन्र्तगत तेस्रो चरणमा निर्वाचन हुन गई रहेको सिराह र सप्तरीमा साउनको अन्तिम साता आएको बाढिले भत्काएका सडक लगायतका पुर्वाधारहरुको निर्वाचन केन्द्रीत निर्माण तथा मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।
आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुने सिराह र सप्तरीमा साउनको अन्तिम साताको वाढिले भत्काएका सडक,पुल,कल्भर्ट लगायएका भौतिक पुर्वाधार निर्वाचन प्रयोजनमा सहज बनाउने गरी मर्मतको कार्य नेपाली सेनाले गर्दै आएको छ । बाढिले क्षति पुरयाएका सिराह र सप्तरीका सडक पुल कल्भर्ट लगायतका संरचनाहरुको नेपाली सेनाको पुर्वी पृतना मुख्यालयले निर्माण तथा मर्मत तिव्रताका साथ गर्दै आएको छ । बाढिले क्षति पुर्याएका संरचनाहरुको पुर्वका जिल्लाहरुमा नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरी तथा मातहतका युनिटबाट खटिएका सेनाले काम गर्दै आएको हुन ।
स्थानीय तह अन्र्तगतको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै बाढिले भत्काएको संरचनाको मर्मतको जिम्मा सेनालाई दिएसंगै सिराह र सप्तरीको मर्मतको काम नेपाली सेनाले यही भाद्र १२ गते देखि गर्दै आएको छ । भीमदल गण तथा ओखलढुंगा, खोटाङ, पाँचथर र उदयपुरबाट समेत आएको सेनाको ईन्जिनियर तथा टास्क फोर्सले भत्किएका संरचनाहरुको मर्मत र पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सेनाले गर्दै आएको कामहरुको निरिक्षणका लागि पुगेका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलले नेपाली सेनाले निर्वाचनका लागि सहज वनाउने उदेश्यले मर्मत गर्दै आएको सडक लगायतका पुर्वाधारहरुको मर्मत कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले निर्वाचनमा सहभागी हुने मतदाताहरुका साथै निर्वाचन सामाग्रीहरु ओसारपोसारमा पनि सहज हुने विश्वास व्यक्त गरे । बाढिले क्षतिपुर्याएको सप्तरीको तिलाठीको खाँडो खोलाको पुलको डाइर्भसन बनाइरहेको स्थानमा भेटीएका स्थानीयवासी देवनारायण यादवले नेपाली सेनाको कामको उच्च प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया