इटहरी, २४ भदौ । बुढीगङ्गा नदीमा आएको बाढीम मानिसको ज्यान बचाउन योगदान गरेको भन्दै बीरु ऋषिदेव र अनिल ऋषिदेवलाइ आज सम्मान सहित राहत बितरण गरेको छ । सुनसरी जिल्लाको दुहवी नगरपालिकामा लायन्स क्लव अफ इटहरी सिटी र ट्वीटेरियन सोसाईटी इटहरी, सुनसरीले सम्मान सहित राहत बितरण गरेको हो बुढीगङ्गा नदीमा आएको बाढीमा इटहरी ४ बाट बगेकी सानुमाया राईलाई दुहवीमा पु¥याएको अवस्थामा जिवितै उद्धार गर्ने कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । बिरु र अनिल दुवै

लाई सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी सामग्री र दुवैको परिवारलाई समेत लत्ताकपडा समेत उपलब्ध गरिएको छ ।

 

तपाईको प्रतिक्रिया