बुधबार जनता बहुमुखी क्याम्पस इटहरीमा पढ्न आएका बिद्यार्थी एक्कासी क्याम्पस मा सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुको टोलि देख्दा आस्चार्य चकित भए । सधै जसो आफ्ना सर हरु आउलान,अनि पाठ पढाउलान भनेर आएका विद्यार्थी सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश अर्जुनप्रसाद कोइराला,न्यायाधीश हरु कृपासुर कार्की र चित्रबहादुर गुरुङ्ग अनि स्रेस्तेदार नवराज आचार्य लागायतलाइ आफ्नो कक्षामा पाएर चकित भए।जनताको अदालत सम्म पहुच कार्यक्रम अन्तर्गत अदालतले प्रवाह गर्ने सेवा सुबिधा हरु कसरी सुलभ र सहज ढंगले संचालन गर्न वा हुनसक्छ ?भनेर न्यायाधीश हरु सङ्ग सर्वसाधारणले प्रत्यक्ष कुराकानि गर्न आयोजना हुने यो कार्यक्रम प्रत्येक महिना संचालित छ।सोही कार्यक्रम यस महिना भने आम सर्वसाधारण जनताका छोराछोरी पढ्ने जनता बहुमुखी क्याम्पस इटहरीमा गरिएको हो।सुनसरी जिल्ला अदालतले विभिन्न समुदाय तथा अदालतमा आएका सेवा ग्राही सङ्ग अन्तरकृया कार्यक्रम सम्पन्न गरिसकेको छ।अदालतको नियमित कार्यक्रम अन्तरगत सेवा ग्राही वा सर्वसाधारण सङ्ग छलफल तथा बार र बेन्च बिच अन्तर्कृया पर्दछन । न्याय सुलभ हुनसकेन ,अदालत को सेवा प्रवाहमा ढिलासुस्ती भयो,आर्थिक चलखेल लगायतको गुनासो बढेपछी सेवा ग्राही सम्म स्वयं न्यायाधीशहरु नै उपस्थित भै अन्तर्कृया तथा छलफल गर्ने गरि यो कार्यक्रम आयोजना हुन थालेको हो।कार्यक्रम उल्लेख्य विद्यार्थीको सहभागितामा भएको थियो भने विद्यार्थीहरुको जिज्ञासा सुनसरी जिल्लाका मुख्य न्यायाधीश अर्जुनप्रसाद कोइराला ,न्यायाधीश कृपासुर कार्की र न्यायाधीश चित्रबहादुर गुरुङ ले समाधान गर्नु भएको थियो । अधिवक्ता रमेशकुमार पोखरेल यस्ता कार्यक्रमले बिद्यार्थीहरुको कानुनी ज्ञान वृद्धि हुने सर्वसाधारण सङ्ग अदालतको सम्बन्ध सुमधुर हुने बताउछन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दूधमा आत्मनिर्भर बन्दै प्रदेश नं १
दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नं १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अव...
नेपालमा भित्रियाे कोरोनाको नयाँ प्रकार, तीन जनामा सङ्क्रमण पुष्टि
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुर...
नागरिक समाज इटहरीले प्रतिनिधि सभा विघटनको विरोध
इटहरी । संसद विघटन पटकपटक गरिदा अस्थिर राजनैतिक अभ्यास हुने भन्दै नागरिक समाज इटहरीले प्रतिनिधि सभा विघटनको विरोध गरेको ...
निर्वाचनका लागि बजेट बनाउँदै आयोग, ८ अर्ब लाग्ने अनुमान
काठमाडौं । आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोग त्यसैको तयारीमा जुटेको छ...
यसरी लिनुहोस् ‘नागरिक एप’ बाट सजिलै प्यान नम्बर
सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपबाट परीक्षणकै चरणमा सहजै स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता ह...
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...