इटहरी । सुनसरीको धनपुरीमा निशुल्क स्वास्थ्य शिविर गरी बाढी वाट प्रभावित हरुको स्वास्थ्य जाँच गरिएको छ । नेपाल तरुण दलले बाढी पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न सबै जिल्ला एक तरुण एक राहत अभियान अन्र्तगत सुनसरीको वराह नगरपालीका वडा नम्बर चार धनपुरीका वाढी पिडितहरुको स्वास्थ्य जाँच गरेको छ । स्वास्य शिविरमा करिव तिन सय जनाले जाँच गरेका थिए । स्वास्य शिविर वि.पी कोइराला स्वास्य विज्ञान प्रतिस्ठानको प्राविधिक टोलीको सहयोगमा आयोजना गरीएको हो ।
बाढी पश्चात् हुन सक्ने रोगको महामारीलाई मध्यनजर गर्दै तरुण दल सुनसरीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो । निशुल्क स्वास्य शिविरमा दूषित पानी तथा खाना तथा प्रदुषणका कारण हुने कमलपित्त (जण्डिस), झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधि समेत प्रदान गरिएको नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए । शिविरमा मिलन त्रिताल, पुर्ण राई, रोहित चौधरी , सम्पुर्ण ताम्राकार लगायतको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया