तेज बन / इटहरी – गाउमा भइरहेको सडक निर्माण र त्यसकालागि आवस्यक सहयोगको बिषयमा पहल गरिदिन आग्रह गर्दै इटहरी ४ बाट आएका मनिष पोख्रेल मेयर चौधरीलाई भेटेपछि उनि खिन्न बने । त्यसैगरी सडकमा सिटि सफारीको मनपरी तन्त्र नियन्त्र गर्नेबारे सुझाव दिन पुगेका इटहरी मुख्य चौकका घनश्याम तिवारी पनि मेयरलाई भेटेपछि झनै खिन्न बने । दुवैले भिन्नाभिन्नै समयमा मेयरलाई भेटी आफ्नो गुनासो सुनाएका थिए । तर मेयर द्वारीकलाल चौधरीले समस्यामा परेका सेवाग्राहीहरूलाई सहयोग गर्नुको सट्टा उल्टै हप्काएर पठाएपछि उनिहरू दुवै निरास बनेर फर्किनुको बिकल्प थिएन ।बिभिन्न समस्याहरू बोकेर इटहरी उपमहानगरमा आएका सेवाग्राही तथा सार्वजनीक कार्यक्रमहरूमा उपस्थित हुदा जनताले राखेका समस्याहरूमा ध्यान नदिएको भन्दै इटहरीका मेयर द्वारीकलाल चौधरी बिरूद्ध स्थानीय नगरवासीहरू नै रूस्ट बनेका छन । गाउमा भएका समस्याहरू नगरपालीकाको कार्यालयमा आइ सुनाउदा मेयर चौधरीले उल्टै सेवाग्राहीहरूलाई हप्काउने , नमस्ते गर्दा नफर्काउने जस्ता नगरवासीहरूले गुनासो गर्न थालेका छन ।

केही साता अघी इटहरी खानेपानी सरसफाई डिभिजन कार्यालयले आयोजना गरेको रएक सार्वजनीक कार्यक्रममा सेवाग्राहीले राखेको गुनासोलाई मेयर चौधरीले सुन्दै नसुनी हिडेपछि उनको आलोचना बढेको थियो ।नेकपा एमालेका तर्फबाट इटहरी उपमहानगरमा मेयर जितेका चौधरीले खानेपानीको कार्यक्रममा जनताको काम आफ्नोलागि सर्वाेपरी भन्दै भाषण गरेका थिए तर कार्यक्रम सकिनु अघीनै हतार छ भन्दै निस्किएका मेयरलाई बाहिर कुरेर बसेका सेवाग्राहीले गुनासो राख्न खोज्दा झर्किदै पहिला त्यहाको वडाध्यक्षलाई यस्तो गुनासो राख्नु अनी मात्र म कहा आउनु भनेका थिए ।

त्यस्तै केही दिन अघी इटहरीको दुर्गा पार्टी प्यालेसमा महिला बचत तथा त्रृण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा पनि उपस्थित नगरवासीहरूले नमस्कार गर्दा समेत नहेरी सरासर स्टेजमा गइ प्रमुख अतिथीको कुर्सीमा आसन भएका थिए । त्यो कार्यक्रममा पनि मेयर चौधरीको आलोचना गर्नेहरूको लर्काे लागेको थियो ।

यतिमात्र नभई नेकपा एमालेका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर बनेका चौधरीको कार्यशैली एकांकी भएको भन्दै पार्टी कार्यकर्ताहरु समेत रुस्ट बनेका छन । खासगरी बिषयगत समितिहरु गठनका बिषयमा शुरु भएको असन्तुष्टी र मनमुटाव सतहसम्म आउँदा एमाले नै मेयरका कारण दुई भागमा बिभाजन हुन थालेको छ ।

र्पाटीले गरेको र्निणयलाई मान्न छाडेपछि इटहरीमा नेकपा एमालेका कार्यर्कताहरुपनि मेयर चौधरीको कामकाज प््रती रुस्ट बनेका छन । यता यस बिषयमा इटहरी उपमहानगरका मेयर द्धारीकलाल चौधरीसंग सम्पर्क गर्दा उनले आफ्नो र्कायालयमा गुनासो लीएर आउने सेवाग्राहीहरुसंग कहिल्यै झर्केर नबोलेको स्पस्ट पारे । आफुकहा आउने सेवाग्राहीहरुलाई अहिले सम्म चित्त बुझाएरै पठाउने गरेको पनि मेयर चौधरीले दाबी गरे ।।

तपाईको प्रतिक्रिया