इटहरी । थारु समुदायका महिलाहरुले परापूर्वकालदखि निष्ठानका साथ मनाउँँदै आएको जितिया पर्व हरेक बर्ष झै यो बर्ष पनि भदौ महिनाको २७ गते भब्यताकासाथ मनाउने भएका छन् ।
इटहरीमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
भगवानलाई अर्घ चढाएर निष्ठापूर्वका आफ्नो सन्तानको सुख शान्तिको कामना गरेर मनाउने पर्व थारु समुदायका महिलाहरुले विशेष चाडका रुपमा निष्ठा एवम भक्तिभावले भगवना सूर्यको पूजापाठ गर्ने यो जितिया पर्व मनाउँदै आएको थारु महिलासभा सुनसरी अध्यक्ष सुशिला चौधरीेले जानकारी दिइन ।
सोही अवसरमा थारु महिला सभाका सल्लाहकार एवम थारु अगुवा रामराज चौधरीले थारु समुदायले प्राचीनकाल देखि मनाउँदै आएको यो जितिया पर्व आफ्नो श्रीमान र सन्तानको सुखको कामना गर्दै निष्ठापूर्वक मनाईदै आएकाले यस पर्वलाई थारु महिलाहरुले जितिया पर्व मनाउदै आएको बताइयो ।

 

तपाईको प्रतिक्रिया