इटहरी । इटहरी उपमहानगरका बाढी पीडित भई विद्यालय पोशाक र अध्ययन सामग्री समेत गुमाएका मनमोहन आधारभूत प्राथमिक विद्यालयका १३५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।
कोशी अञ्चल इटा ब्यवसायी सङ्घले इटहरी स्थीत बुढीगङ्गा नदीको बाढीले घरबार समेत बगाएर सम्पूर्ण जायजेथा गुमाउन पुगेका बालबालिकाहरुको विद्यालय पोशाक शैक्षिक सामग्री लगायतका सामग्री अभावमा विद्यालयमा अध्ययन अध्यापनका लागि समेत समस्या परेपछि उनीहरुलाई पोशाक प्रदान गरिएको हो ।
पीडित बालबालिकाहरुमध्ये १३५ जना बिपन्न गरिव तथा सिमान्तकृत बर्गका बालबालिका विद्यालय पोशोक प्रदान गरेको नेपाल इटा उद्योग ब्यवसायी महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लीलम बस्नेतले बताए । विद्यालय पोशाक नै गुमाएर विद्यालय आउन समेत समस्यामा परेका बालालिकाको पहिचान गरेर पोशाक उपलब्ध गरेको पनि केन्द्रिय सदस्य बस्नेतले जानकारी दिए ।
पोशाक वितरण समारोहमा विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले कापी किताब समेत सवै गुमाएका बालबालिकाहरुका गाउँघरमा र पसलमा पुराना कितावहरु खोजेर पठन पाठनको ब्यवस्था गरे पनि विद्यालय पोशाक जुटाउन समस्या भई रहेका बेला इटहरीका ब्यवसायीले पोशाक दिएर ठूलो गुण लगाएको बताए । त्यस अवसरमा राजन तिम्सीना, नवराज काफ्ले , श्याम लुइटेल , समाज विकास केन्द्र नेपालको अध्यक्ष श्याम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
त्यस अवसरमा सङ्घका सुनसरी अध्यक्ष खगेन्द्र श्रेष्ठले बालबालिकाले पोशाक नै नपाएर विद्यालय जान समस्यामा परेको अवस्थालाई मध्यनजर गरेर इटा ब्यवसायी मिलेर पोशाक उपलब्ध गराएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया