इटहरी । सुनसरीको दुवही नगरपालिका ७ मा निर्माण भई रहेको नमुना मुसहर वस्ती रकम अभावका कारण प्रभावित बन्न पुगेको छ ।
नेपाल सरकारको जनता आभाष कार्यक्रम अन्तर्गत निर्माण भई रहेका २५ घर निर्माण कार्य जारी रहेपनि आवश्यक रकम अभावका कारण निर्माण कार्य प्रभावित बनेको स्थानीयले गुनासो गरेका हुन । नेपाल सरकारले सिमान्तकृत लक्षित वर्गका लागि घर निर्माण गरिने निति अन्र्तगत निर्माण भई रहेका घरहरु सरकारी स्तरवाट छुट्याएको बजेटले नपुग्ने भएपछि आफुहरु समस्यामा परको स्थानीयले गुनासो गरेका छन । घर निर्माणका लागि सरकारी स्तरबाट एक इटाको दस रुपौयाका दरले उपलव्ध गराएपनि आफुहरु अठार रुपौया भन्दा बढीमा खरिद गर्नु परिरहेको तथा अन्य सामानहरुको समेत सरकारी लागत अनुमान भन्दा बढि परिरहेको स्थानीय धनजीत ऋषिदेवले जानकारी दिए ।
घर निर्माणका लागि आफुहरु खटिरहेको तर सरकारले उपलव्ध गराएको रकमले नपुग्ने भएको भन्दै स्थानीय बबिता ऋषिदेवलाई कसरी घर निर्माण पुरा गर्ने चिन्ताले सताउन थालेको बताउछिन । आफुहरुले नै श्रमदान गरेर घर निर्माणको काम गर्दै आएको समेत उनीहरु वताउछन । विपन्न वर्गका ऋषिदेवहरुको मुलपेशा अरुकोमा मजदुरी गर्ने भएको घर निर्माणका क्रममा आफै खट्नु पर्ने भएको कारण समेत विगतमा लिएको ऋण तिर्न र हातमुख जोड्न पनि समस्या पर्ने गरेको समेत उनीहरु गुनासो गर्दछन । यता सो वडाका वडाध्यक्ष विजय चौधरी निर्माण थालिएको घरको निर्माण कार्य पुरा हुन नसकिरहेको समयमा नगरपालिका तर्फबाट ४ लाख बढीको जस्ता पाता उपलव्ध गराउदिने निर्णय भएको जानकारी दिए । भिडियाे

तपाईको प्रतिक्रिया