इटहरी । लगानीको तुलनामा आम्दानी लिन नसकिने अवस्था आएको भन्दै पुर्वी तराईका जुट किसानहरु चिन्तीत वन्न थालेका छन ।
विगत लामो समयपछि पुर्वी नेपालका झापा ,मोरगं, सुनसरी , सप्तरी र सिराहका किसानहरु पुन जुटखेतीमा आकषीत वनेपनि यस पटक लागत अनुसार आम्दानी लिन सक्ने अवस्था नभएको भन्दै निरास वनेका हुन ।
दुई दसक अगाडि सम्म पुर्वी नेपालका किसानहरुको जुट प्रमुख नगदेवालीका रुपमा रहेको थियो । लागत अनुसार आम्दानी लिन नसकेको भन्दै केही वर्ष अघि सम्म पुर्वी नेपालमा नग्यरुपमा मात्र जुतखेती भएका थिए भने पुन पाँच वर्ष अगाडि देखि जुटखेती तर्फ किसानहरु आकर्षित वन्दै आएको समयमा यस पटक उत्पादनले मुल्य नपाउने अवस्था आएपछि किसानहरु चिन्तीत पुगेका हुन ।
जुटखेतीका लागि विउ , मलखाद , सीचाई , गोडमेल सम्मको खर्च देखि लिएर ,कुहाएर तयारी वनाउन्जेल सम्म प्रति मन खर्च हुने लागत भन्दा वजारमा कम मुल्यमा वेच्नु पर्ने अवस्था आएको किसानहरुले गुनासो गरेका छन । लामो समयदेखि जुटखेतीमा लागेका सुनसरीका उस्मान मियाँले वजारमा तयारी जुट विक्रीका लागि पु¥याउँदा लागत अनुसारको मुल्य पाउने अवस्था नभएका कारण जुटखेती गर्ने किसानहरु पुनः बैकल्पीक खेती तर्फ लाग्न थालेको वताउछन । साथै किसानहरु जुट खेती छाडेर अब विदैशिक रोजगारीका लागी विदेशी भुमी जाने तयारी गरीरहेको बताउछन । केही वर्ष अघि सम्म पूर्वी तराईका यी जिल्लाहरुमा ६८ हजार हेक्टरभन्दा बढीमा किसानहरुले जुट खेती लगाउँदै आएका थिए । त्यसबेला बंगलादेशले सहयोग गर्दै आएको र उत्पादित जुट पनि खरिद गरिदिने गरेका कारण त्यसबेला तराईका जिल्लाहरुमा नै ९७ हजार ५ सय मेट्रिक टन जुट उत्पादन हुँदै आएको थियो । नेपाली किसानले उत्पादन गरेको जुट खरिद गरिदिने जुट उद्योगहरुले सिधै किसानसँग जुट किन्ने ब्यवस्था नहुनु र राज्यले जुट उत्पादनलाई प्राथमिकता सहितको प्रवन्ध नगरिदिएका कारण जुट खेती क्रमश घटी रहेको जुट किसानहरु गुनासो गर्दछन । बन जङ्गलभन्दा पनि बढी बातावरमैत्री जुटखेती लगाउँदा बातावरण स्वच्छ बन्ने र धेरै अक्सिजन उत्पादन हुने भएकाले जुटखेतीलाई राज्यले जुटखेतीलाई प्रोत्साहन हुने नीति अवलम्बन गर्नु पर्ने आवश्यकता रहेको किसानहरु बताउछन । खास गरी मुलुकमा पूर्वी तराईका जिल्लाहरु झापा, सुनसरी, मोरङ्ग, सिरहा, सप्तरी र उदयपुर जिल्लामा मात्र जुटखेती सिमित हुदै आएको छ । जुटवाट उत्पादीत हुने तयारी जुटको वजार राम्रो भए पनि किसानहरुले मुल्य पाउन सकेका छैनन ।
सुनसरी र मोरङ्ग जिल्लामा सञ्चालनमा रहेका जुट इण्डष्ट्रिजका लागि प्रति वर्ष झण्डै ८० हजार मेट्रिक टन जुट आवश्यक पर्छ । तर नेपाली किसानहरुले जुटखेती कटौती गर्दै लगेकाले यो वर्ष पूर्वी तराईका जिल्लावाट मुस्किलले १५ हजार मेट्रिक टनमात्र जुट उत्पादन भएको अनुमान गरीएको छ ।

तपाईको प्रतिक्रिया