विराटनगर महानगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष उद्धव(नानीबाबु) अर्यालको घरमा आज दिउँसै चोरी भएको छ । विराटनगर वाड नम्बर १ पोखरीया स्थित त्रीवेणी वाचनालय नजिकै रहेको उनको घरमा आज दिउसो चोरी भएको हो । दिउसोको करिब ३ देखि ५ बजेको बिचमा चोरी भएको जानकारी आएको छ ।

घरमा कोहि नभएको मौका पारी घरको पछाडीको बार्दलीबाट भित्र चोर पसेको जनाइएको छ ।

घटनाको जानकारी पाए पछि पुगेको प्रहरीको टोलीले प्रारम्भिक मुचुल्का उठाएको छ । स्थानीयवासीका अनुसार घरमा रहेको करिब २ लाख रूपैया चोरी भएको छ । चोरले नगद मात्र चोरी गरि अन्य सामाग्रहरू नचोरेको बताइएको छ।

तपाईको प्रतिक्रिया