इटहरी । सुनसरीको इटहरीमा रहेको कोशी अञ्चल यातायात व्यवस्था  कार्यालय  अव्यवस्थित ठाँउमा सार्न लागिएको भन्दै विरोध सुरु भएको छ ।

लामो समय देखि इटहरी चौक पुर्व टेगं्रा खोला नजिक भाडाको घरमा बस्दै आएको यातायात सवारी कार्यालय इटहरीकै हलगडामा सार्न लागिएपछि विरोध सुरु भएको हो । पुरानो घर तथा कार्यालय अध्याँरो कोठामा सञ्चालन गर्नु परिरहेको साथै पानी पस्ने भएका कारणपनि कागजात समेत सुरक्षित वनाउन कार्यालय सार्नु पर्ने बाध्यता रहको थियो ।

त्यसैलाई मध्यनजर गर्दै कार्यालय सार्न लागिएको कार्यालयका प्रमुख चन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उनले कार्यालयमा दिउँसो नै पनि बत्ति बाल्नु पर्ने , पानी भित्र पस्ने भएका कारणले पनि सुरक्षित ठाउँमा सार्न लागिएको बताए । यता स्थानीयवासी तथा लेखापढि व्यवसायीहरुले भने अहिलेको भन्दा पनि अव्यवस्थित ठाँउमा कार्यालय सार्न लागिएको भन्दै विरोध जनाउन थालेका हुन । पटक पटक विवादमा आउने यस कोशी अञ्चल यातायात व्यवस्था  कार्यालय फेरी विवादमा तानियको स्थानीय बताउछन ।

उनीहरुले कार्यालय सार्न लागिएको ठाउँमा प्रयाप्त पार्किगं स्थल नभएको पाँच वटा घरधनीले कार्यालय सञ्चालनका लागि टेन्डर हालेपनि अव्यवस्थित घर छनोट गरिएको नेपाल लेखापढि कानुन व्यवसायी एशोसिएसन इकाइ इटहरीका अध्यक्ष पुण्यप्रसाद घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया