इटहरी । मोरगंको सुन्दर हरौचा ४ का शिरोमणी पौड्याल झुण्डिएको अवस्थामा मृत भेटीएपछि उनका आफन्त तथा स्थानीयले हत्या भएको आशंका गरेका छन ।
लामो समय देखि पौड्याललाई श्रीमती तथा श्रीमतीका माइती पक्षका आफन्तहरुले शारिरिक तथा मानसिक रुपमा यातना दिने गरेको कारण आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गरिएको हो । केही दिन पहिले पनि मृतक पौड्याललाई श्रीमतीका भाईहरु तथा बैनी ज्वाईले शारिरिक यातना दिएको भन्दै आफुलाई दाइले फोनमा बताएको मृतकका भाई पुण्यप्रसाद पौड्यालले जानकारी दिए । घरायसी विषयमा मृतक र परिवारका सदस्यहरुवीच झै झगडा भईरहने गरेको स्थानियहरूले बताएका छन् । स्थानियले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन् । शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए ।

घरायसी विषयमा मृतक र परिवारका सदस्यहरुवीच झै झगडा भईरहने गरेको स्थानियहरूले बताएका छन् । स्थानियले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन् ।

मृतकका छिमेकीहरुले पौड्यालको आत्महत्या नभई हत्या भएको भन्दै केही समय सम्म शव लैजान नदिने भन्दै विरोध जनाएका थिए । मृतकका आफन्त तथा छिमेकीहरु आक्रोशीत भएपछि प्रहरीले मृतककै ससुराली पट्टीका दुई जनालाई समेत नियन्त्रणमा लिएको छ । सो विषयमा घटनास्थलमा पुगेका प्रहरी नायव निरिक्षक सुरेन्द्र ढुगेलले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । मृतकको शव पोर्समाटमका लागि मोरगको मलगवारे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

याे पनी पढ्रन

साढुभाई र सालाले हात बाँधेर कुटपिट गरेका भेनाकाे हत्या भएकाे दावी – हेर्नुहोस भिडीयाे

तपाईको प्रतिक्रिया