इटहरी भदौ २० गते । मोरगंको सुन्दरहरँैचा ४ स्थित बलिया खापमा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । करिव ५३ बर्षिय शिरोमणी पौडेलले आत्महत्या गरेको नभई हत्या गरिएको आफन्तले दावी गरेका छन् ।
सुन्दरहरैँचा ४ बलियामा रहेको घरमा एक्लै रहेका पौडेल झुण्डिएको अवस्थामा आज विहान गाउँले देखेका थिए । घाँटीमा पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या भएको आफन्तले दावी गरेकाा छन् ।
मृतक पौडेलका भाई पुन्य प्रसाद पौडेलले दाईको हत्या भएको बताएका छन् । मृतक पौडेलका साढुभाई र सालाले केही समय अघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको उनले दावी गरे ।
स्थानियको दवाब र शंस्कास्पद देखिएका दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटना केही शंस्कास्पद देखिएको भएपनि हत्या वा आत्महत्या यकिन भन्न नसकिने प्रहरी सहायक निरिक्षक सुरेन्द्र ढुंगेलले बताएका छन् । घरायसी विषयमा मृतक र परिवारका सदस्यहरुवीच झै झगडा भईरहने गरेको थियो । स्थानियले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन् । शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए । उनीहरुले दोषी देखिएका भनिएका व्यक्तिहरुलाई पक्राउ नगरे सम्म शव लान नदिने बताएका थिए ।
प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गर्ने बताएपछि स्थानियले शव पोसमार्टमका लागि लान दिएका थिए । शव पोष्टर्माटमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।हेर्नुहोस भिडीयाे

तपाईको प्रतिक्रिया