सामानयतया आँखा,छाला, र मुखभित्र पहेलो हुनुलाई जन्डिस भनिन्छ । जन्डिस आफैमा रोग नभएर रोगमा देखिने लक्षणको रुपमा लिने गरिन्छ। साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आखा पहेलो देखिन्छ ।

रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलई लिन नसक्नु, कलेजोको रोग लगेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्यााक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रा जान नसक्नु जन्डिस हो ।

रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ । यसले आँखा र छालाको भागमा सजिलै असर देखाउने गर्छ । मानव शरीरभित्र हुने हेमोग्लोबिनबाट आइरनको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा एकखालको विकार पैदा हुन थाल्छ । त्यही बिकार पदार्थ नै बिलिरुबिन हो । जो, एरिथोसाइट्स ९शरीरमा अक्सिजनको मात्रा बढाउने र हेमोग्लोविनलाई जोगाइराख्ने सेलहरु० को क्षयीकरणसंगै पैदा हुन थाल्छ ।

यदि, रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्यो भने यसले शरीरभित्र अन्य कोषिकाहरुमा समेत असर पार्न थाल्छ । अर्थात्, पहेंलो भागको प्रभाव बढ्न जान्छ । रगतमा बिलिरुबिनको मात्रा स्वतन्त्ररुपमा फैलन थाल्यो भने त्यस्तो अवस्थालाई अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ ।

कलेजोका धेरै काममध्ये खराब या विकारयुक्त पदार्थलाई छानेर शरीरमा हानी हुन नदिनु एक महत्वपूर्णर् काम हो । त्यस्तै, रगतमा देखिने बिलिरुबिनलाई न्युनीकरण गराउनु या आउन नदिनु पनि लिभर ९कलेजो ० को अर्को महत्वपूर्ण कार्य हो ।

बिलिरुबिन एकचोटि लिभरमा आइपुग्दा अन्य रसायनहरु पनि यसमै टाँसिन आइपुग्छन् । र यस्तो अवस्थालाई कन्जुगेटेड बिलिरुविन भनिन्छ । जो, बिल ९कलेजोबाट निस्कने एकखालको र्या ल, जसले खाना पचाउँछ ० भित्र नदिखिने गरी रहन्छ । यसरी, बिलिरुबिनको असरले छाला र आँखाको सेतो भाग पहेंलो हुनथाल्छ ।

जन्डीसको असर :
साधारण जन्डिसले नवजात शिशुबाहेक अरूलई त्यति धेरै असर गर्दैन ।
वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौ लाको समस्या भएका व्यक्ति मा मिर्गैंला खराब हुनसक्छ । नत्र बिलिरुविनले आाखा र छाला पहोलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहोलो हुने र कहिलेकाँही माटोजस्तो हुने गर्छ ।

के कारणले लाग्छ जण्डिस ?
धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस या रक्त
कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुने गर्छ । प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभर मा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसाग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ । डाक्टरहरुका अनुसार रक्तअलपताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ । रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चााडै मृत्युको मुखम र्पुयाउने हुादा यो रोगसाग खेलााची नगर्न डाक्टरहरुको सुझाव दिएका छन् ।

जण्डिसको उत्पति र प्रकार :
आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो । जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात अवस्था । यसरी, जउनिस भनेको पहेंलोपन वा एललोनेस हो । जण्डिसका सामान्यतया तीन प्रकार हुन्छन् ।
१. हेपाटोसेलुलर जण्डिस लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस ।
२. हेमोलेटिस जण्डिस हेमोलेसिसको कारण देखिने जण्डिस हो यो ।
नयाा रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउादा यस्तो समस्या देखिने गर्छ ।
३. अब्सट्रक्टिव जण्डिस यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण जण्डिस देखिने गर्छ ।

कसरी गर्ने जन्डिसको उपचार :
जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन । हेपटाईटिस ई अर्थात जण्डिसको कुनै उपचार छैन् भने यसको खोप पनि नरहेको चिकित्सकहरु बताउछन् । हेपटाईटिस ए को भने खोप उपचार सबै हुने गरेको छ । विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पााच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन । कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन । जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन । हेपाटाइटिस इ, ए र हेपाटाइटिस बी ले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन । रगतको विभिन्न जााच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड , भिडियो एक्सरे, गरेर शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ । कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जााच गर्नुपर्छ ।

जन्डिस लागेमा के खाने के नखाने :
डाक्टर बाबुराम मरासिनिका अनुसार नेपालीसमुदायमा जन्डिस भन्नेबित्तिकै उसिनेको खानेकुरा, नुन बेसार नभएको, गााजर, कााक्रो, मेवा, ग्लुकोज र उखुको रस ज्सता यावत फलफुलहरु खने चलन रहेको छ । जन्डिस भएको अवस्थामा कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकाले चिल्लो कम खाने गर्नु पर्दछ ।
रोकथाम कसरी गर्ने रु
हरेक पटक खाना खाजा खादा सावन पानीले राम्रो संग हात धुने अनी दिसापिसाव गरिसकेपछि हात धुने गर्नु पर्दछ । जण्डिसबाट बच्न सफा पानीको प्र
योग गर्ने, सानी उमालेको अर्थात पानीमा क्लोरीन हालेको हुनुपर्दछ । त्यस्तो पानी खाएको खण्डमा रोगले समाउन सक्दैन् । अर्को तरीका फिल्टर गरेको पानीबाट पनि हेपटाईटिस ई भाइरस छिर्न सक्छ त्यसैले पानी उमालेर खानुपर्छ भन्नुहुन्छ ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनि । खाना तताएको स्वच्छ वातावरणमा राखेको खाने पौष्टीक युत्त खाना खाने तथा कावोहाईटेड युक्त खाने गर्नु पर्दछ । फलफुल खादापनि सफा वातावरणमा रहेता पनि तातो आयोडिन युत्त पानीले पखालेर खाने ।

तपाईको प्रतिक्रिया